पढ्न करिब 3 मिनेट लाग्छ

मनोज पराजुली । असार १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिनको लागि श्रम कार्यालय ताहाचलले आन्तरिक रुपमा तयारी पुरा गरेको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारी सरकारले खुला गर्ने निर्णय गरेसंगै आवश्यक तयारी पुरा गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिए ।

स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको बस्नेतले बताए । कार्यालय परिसर सरसफाइ गरेर २/२ मिटर दुरीमा लाइन बस्ने मिल्ने बनाएका छौं कार्यालय प्रमुख बस्नेतले भने 'श्रम स्वीकृति खुल्ने कुरा आएसंगै आवश्यक तयारी गरिएको हो, श्रम स्वीकृति खुल्दा सेवाग्राहीलाई कसरी व्यवस्थापन गर्ने बारे तयारी पुरा भएकोले मन्त्रीपरिसद् को निर्णय आएसंगै सेवा प्रवाह गर्छौं ।'

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलाएको थियो ।

सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको र उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रीपरिसद् बाट स्वीकृत हुन बाँकि रहेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबाललाई जानकारी दिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द

श्रम कार्यालयहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरेपनि ततकाल उनीहरु नियमित हवाई उडानबाट विदेश जान पाउने छैनन् । असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ । साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन ।

नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।