पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असार २५, काठमाडौं ।</b> बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।<br></p><p>आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ। जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ।</p><p>आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।</p>

