Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्राद्धको धार्मिक, व्यवहारिक र वैज्ञानिक महत्त्व

By साझासवाल 17 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

ज्यों पण्डित विष्णुप्रसाद खनाल । भदौ १७, काठमाडौं ।

"जीवतो वाक्यकर्णान्मृताहे  भूरिभोजनात्।

गयायां पिण्डदानश्च त्रिभिःपुत्रस्य पूत्रता।।

"ध.सि.पृ.९६१ अर्थात्  छोराले सधै पिताको वचन जीवनभर पालन गर्ने, मृत्यु भएपछि क्रियाकर्म गरिदिने बर्षदिनमा गयाश्राद्ध गर्ने यति तीन कर्तव्य छोराले  गर्छ भने त्यसलाई मात्र पुत्र भनिन्छ।यो त एउटा उदाहरण मात्र हो।यस्ता धेरै श्लोकछन् जस्ले श्राद्धको महत्त्व दर्शाउछन् ।

"श्राद्ध" शब्दको निष्पत्ति"श्रद्धा" शब्दबाट "श्रद्धया कृतं सम्पादितम्", "श्रद्धया दीयते यस्मात्तच्छ्राद्धम्", "श्रद्धार्थमिदं श्राद्धम", "श्रद्धया इदं श्राद्धम", इत्यादि अर्थमा " अण्" प्रत्यय प्रयोग गरेर हुने "श्राद्ध" शब्दले पितरको तृप्तिको लागि अथवा पितरको आत्मोन्नतिका लागि श्रद्धापूर्वक तर्पण सहित बिशेष किसिमले गरिने कार्यविधि नै श्राद्ध हो भन्ने बुझिन्छ । श्राद्ध कर्ममा धेरै कुराको बिचार पुर्‍याउन पर्ने हुन्छ ।सप्त शुद्धि अपरिहार्य छ। जुन यस प्रकार छन्

१)श्राद्ध गर्ने भूमि

२)श्राद्ध गर्नेको शरीर

३)श्राद्ध गर्नेको मन

४)कर्ताकी पत्नी

५) श्राद्ध गर्ने धन्

६)श्राद्ध गर्ने मन्त्र

७)श्राद्धमा भोजन गर्ने

बाह्मण "शरीर,द्रव्य, दारा भू मनो मन्त्र द्विजन्मनाम्   शुद्धिः सप्तषु विज्ञेया श्राद्धकाले विशेषतः " (स्कन्द पुराण प्रभाष खण्ड १/२०५/१७) यसैगरी श्राद्धकर्ताले अधिल्लो दिन नै मुण्डन र नङ् काट्नु अपरिहार्य छ। "व्रातानामुववासनां श्राद्धदिनांच संयसे   नकरोति क्षौरकर्म सोSशुचिः सर्वकर्मसु"(ब्रह्मवैवर्त पुराण  प्रकृति खण्ड ३०/३८  श्रीमद्देवी भागवत ९/३३/४२/४३)      शास्त्रमा श्राद्धको वारेमा विभिन्न भेदहरू छन् जो तल बताइन्छ। मत्स्य पूराणमा तीन प्रकारका श्राद्ध बताइन्छ।

नित्यं  नैमित्तिक र काम्य ।  यमस्मृति अनुसार पाच प्रकारका श्राद्ध बताइन्छ।   १)नित्य २)नैमित्तिक ३) काम्य ४)वृद्धि ५) पार्वण      "नित्यं नैमित्तिकं काम्यं वृद्धिश्राद्धयथापरम्             पार्वणं चेति विज्ञेयं श्राद्धं पञ्चविधं बुधै " विश्वामित्रस्मृति एवं भविष्यपुराणका अनुसार श्राद्ध नित्य नैमित्तिक,काम्य,वृद्धि,पार्वण, सपिण्डन,गोष्ठी ,सुद्धयर्थ, कर्माङ्ग दैविक,यात्रार्थ र पुष्टि गरि १२ प्रकारका हुन्छन्     "नित्यं नैमित्तिकं काम्यं वृद्धि श्राद्धं सपिण्डनम् पार्वणं चेति विज्ञेयं गोष्ठि शुद्धयर्थमष्टमम् कर्माङ्ग नवमं प्रोक्तं दैविकं दशमं स्मृतम्  यात्रास्वेकादशं प्रोक्तं पुष्यर्थ द्वादशं स्मृतिम् "  यस्त‌ै पितृका देवता पनि छुट‌ै हुनुहुन्छ  ।

ब्रहमाका पुत्र मध्ये  स्वर्गमा रहने सात देवता पितृदेवगण हुनुहुन्छ ।यी मध्ये चार सुकाल,अङ्िगरस , सुस्वधा र सोमपा मूर्तिमान पितृदेव हुन्।अमूर्त देवतामा वैराज,अग्निष्वात्त र वर्हिषद हुनुहुन्छ । नाम गोत्रको उच्चारण गर्दै स्वर्गीय पितृहरुको आराधना गरेमा यी पितृहरुले स्वर्गमा गएका आफ्ना पितृलाई तृप्त गराउछन् भन्नेकुरा हरिवंश पुराणमा उल्लेख छ।पितृहरुका राजा भने यमराज हुन्।यस्तै विश्वेदवको पनि पुजा गर्ने गरिन्छ ।विश्वेदेव भनेका विश्वाका गर्भवाट उत्पन्न देवताको एक गण(१०जना)हुन्।

भिन्न भिन्न श्राद्धमा भिन्न भिन्न नामले यिनको पूजा हुन्छ जस्त‌ै इष्टि श्राद्धमा क्रतु र दक्ष ,वृद्धि श्राद्धमा सत्य र वसु, नैमितिक श्राद्धमा काम र काल ,काम्य श्राद्धमा धूरि र लोचन,पार्वण श्राद्धमा पुरुरव र आद्रव रहेका छन्।

आश्विन कृष्णपक्षमा पर्ने श्राद्धलाई पार्वण श्राद्ध वा महालय श्राद्ध पनि भन्ने गरिएको छ।यो पक्षलाई अपर पक्ष पनि भन्दछन्।यो पक्षलाई  पर्वको रुपमा मानिएको छ।पर्वतिथिमा गरिने श्राद्धलाई पार्वण भनिन्छ।  सोह् अोटा तिथिका श्राद्ध हुने भएकाले सोह्श्राद्ध भनिएको हो। यस्पालि सोह्श्राद्ध भाद्र १७ गते आरम्भ हुन्छ।चान्द्रमासको जुन तिथिमा आफ्ना पितृको स्वर्गारोहण भएको हो त्यही तिथिमा श्राद्ध गर्ने विधान रहेको छ।दुर्घटना परी मृत्यु हुनेको चतुर्दशीमा श्राद्ध गरिन्छ।पिताको तिथिमा श्राद्ध रोकिए हजुरबुबाको तिथिमा महालय श्राद्ध गर्नुपर्दछ।हजुरबाको तिथि  पनि रोकिए बुढा हजुरबाको तिथिमा श्राद्ध गरिन्छ सो पनि रोकिएमा एकादशि वा औंशीमा सोह्श्राद्ध गर्नुपर्दछ। धार्मिक कार्यमा समयको पनि निकै महत्त्व हुन्छ।  समयमा गरेको थोरै कर्मको पनि धेरै फल हुन्छ भने समय बितेपछि गरेका कामले समय,श्रम र धनको मात्र नाश हुन्छ।

गणिताज्ज्ञायते कालः काले तिष्ठन्ति देवताः। वरमेकाहुतिः काले नाकाले  लक्ष्यकोटयः।।  अर्थात् ज्योतिष शास्त्रले गणितद्वारा मुहुर्तको ज्ञान गराउँछ र शुभकालमा शुभसाइतमा गरेको एक अाहुति होमले पनि धेरै फल पाइन्छ देवताहरु सन्तुष्ट हुन्छन् भने कालबितेपछि लाखौं आहुतिले पनि त्यो शुभकालमा दिएको एक आहुती बराबरको फल दिन सक्दैन। तसर्थ श्राद्धमा पनि मुख्यकर्म भनेको आफ्नो वेदको शाखानुसारको  पिण्डदान ब्राह्मणभोजन आदि पर्दछन् र शास्त्र निर्दिष्ट समयमा न‌ै हुनुपर्छ ।

यजुर्वेदिहरुको श्राद्धको मुख्यकर्म भनेको पिण्डदान भएकाले  एकोद्दिष्ट भए मध्याह्न र पार्वणश्राद्ध भएमा अपराह्न  कालमा नै पिण्डदान हुनुपर्छ।त्यस्तै ऋगवेदिहरुको श्राद्धमा मुख्यकर्म भनेको ब्राह्मणभोजन हो र सो पनि निर्दिष्ट समयमा नै गर्नुपर्दछ ।सामवेदिहरुले पिण्डदान एवम् ब्राह्मणभोजन दुवै मुख्य मानेकाले श्राद्धको समयानुसारको समयमा नै कर्म गर्नुपर्दछ। "पूर्वाह्णे मातृकं श्राद्धमपराह्णे तु पैतृकम् ।एकोद्दिष्टं तु मध्याह्ने प्रातर्वृद्धिनिमित्तकम्।।" (ब्रह्मपुराण) अर्थात् पूर्वाह्नमा मातृश्राद्ध ,अपराह्नमा पितृश्राद्ध,मध्याह्नमा एकोद्दिष्ट श्राद्ध र प्रात कालमा वृद्धि श्राद्ध गर्नुपर्दछ।   बिधीपूर्वक गरिएको श्राद्धले आफन्त मात्र नभई ब्रह्मादेखि लिएर तृणसम्म सबै तृप्त हुने कुरा ब्रह्मपुराणमा बताइएको छ।

"एवं विधानतः श्राद्धं कुर्यात् स्वविभवोचितम् आब्रहृमस्तम्बपर्यन्तं जगत्प्रीणति मानवः" महर्षि जावालिका अनुसार  पितृपक्षको श्राद्ध गर्नाले पुत्र,आयु,आरोग्य र ऐश्वर्य  प्राप्त हुन्छ।  "पुत्रानायुस्तथाSSरोग्यमै-श्वर्यमतुले तथा प्राप्नोति पञ्चमेमात् कृत्वाश्राद्धं कामांश्च पुष्कलान्"  मार्कण्डेयपुराण अनुसार श्राद्धमा श्राद्धकर्ताको दीर्घ आयु,संतति, धन,विद्या,सुख,राज्य र मोक्ष प्राप्त हुन्छ। "आयु प्रज्ञां धनं विद्यां स्वर्ग मोक्षं सुखानि च प्रयच्छन्ति तथा राज्यं पितरः श्राद्धप्रपिता ।।"अब धेरैलाई दुविधा भएको  कुरा यो कुरा हाम्रा पितृले कसरी पाउँछन् भन्ने छ जुन हाम्रो शास्त्रहरुमा प्रस्टसंग बताइएको छ।मत्स्य पुराण र पदमपुराणदेखि कतिपय अरु धार्मिक ग्रन्थलाई आधार मान्दा हामिहरुमा पितृहरुले जुन योनी पाउनुुु  भएको छ त्यही अनुसार हामीहरुले दिएको पिण्ड पानी सोही योनी अनुसारको आहार बनी प्राप्त हुन्छ भन्ने प्रमाण पाइन्छ। यस‌ैगरी हामीले श्राद्ध गर्दाको फाइदा त बुझयौ  यदि हामीले पितृहरु छैनन् वा हुदैनन् भनी पितृकार्य गरेनौं  भने हाम्रो रगत पिउछन् भन्ने शास्त्रमा उल्लेख छ  "न सन्ति पितरश्चेति कृत्वा मनसि यो नरः।श्राद्धं न कुरुते तत्र तस्य रक्तं पिबन्ति ते।।

"ब्रह्मपुराण त्यसतै पितृ तृप्त नभएमा वीर सन्तान नजन्मिने ,मानिसहरु कुनै न कुनै रोगले पीडित रहने र अल्पायुमा नै मृत्यु जस्ता समस्या उल्लेख गरिएको छ।  " न तत्र वीरा जायन्ते नारोग्यं च शतायुष  न च श्रोयोSधिगच्छन्ति यत्र श्राद्ध विवर्जितम्।"हरितस्मृति यसो भनी रहदा आर्थिक रुपले विपन्न भएर कसै गरे पनि गर्ने सक्ने अवस्था रहेन भने आफ्नो पितृको सम्भनामा श्राद्ध कर्ता एक भिक्त बसि श्राद्धको दिन एकान्त र पवित्र स्थानमा गई दुवै हात आकाशतिर फैलाएर तल लेखिएको श्लोक पढ्नु पर्छ – "नमस्ति वित्तं न धनं च नान्य, च्छ्राद्धोपयोग्यं स्वपितृन्नतोSस्मि  तृपयन्तु भक्त्या पितरो मयेतौ,कृतौ भुजौ वर्त्मति मारुतस्य"विष्णुपुराण ३/१४/३० अर्थात हे मेरा पितृगण हो! म संग श्राद्ध गर्ने धन छैन, न त धनाढ्य छु, म संग केवल तपाईहरुप्रति भक्ति मात्र छ ।

म यत्तिले मात्र तपाईंहरुको अात्म सन्तुष्टि  गराउन चाहन्छु।तपाईहरु यसैमा सन्तुष्ट हुनुहोस् ,मैले शास्त्रको विधि अनुसार हात फैलाएर तपाईंको प्राथना गरेको छु।जो आज्ञा। यसरी हेर्दा हामिहरुले जुनसुकै अवस्थामा पनि श्राद्ध कर्म भने गर्नुन‌ै पर्ने रहिछ ।यसैले सवैले जे जसरी हुन्छ आ- आफ्ना पितृप्रति श्रद्धा अर्पण गरौं ।