१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्येष्ठ नागरिकलाई ‘मिक्सर र ‘रिमोट कन्ट्रोल’ चलाउन सिकाउँदा अन्तर्राष्ट्रिय पुरस्कार !

२३ भाद्र २०७७, मंगलवार ०९:१९

प्रकाश सिलवाल । भदौ २३, काठमाडौँ । “शुरुशुरुमा त बूढाबूढीलाई कख सिकाएर के गर्न खोजेको होला रु भनेर मलाई धेरैले उडाए । एक प्रकारले मलाई मूर्ख ठान्नेहरु अहिले पनि छन् तर म यस निरन्तर लागिरहेँ ।” आधूनिक र व्यस्त सहरिया जीवनशैलीमा ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ९चट्याड मास्टर० आफूहरुको त्यही कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा हुन सकेकामा मख्ख र छक्क देखिनुहुनछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले उक्त कामका लागि एजिङ नेपाललाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२०’ आज प्रदान गर्दैछ । ‘एजिङ नेपाल’ ले यति सम्मानित ‘युनेस्को किङ सेजोङ लिटेरेसी प्राइज’ कसरी पाउने स्थिति भयो रु भन्ने प्रश्नमा हास्यव्यङ्ग्यकार गौतमले भन्नुभयो, “खोइ, कसरी पाइयो, कसरी पाइयो म पनि तीन छक परेको छु । स्वदेशमा सरकार र जिम्मेवार निकायले कुनै वेवास्ता गरेका बेला देशविदेशबाट प्राप्त यो मान्यताले मलाई त नाँचु नाँचु लागेको छ ।”

युनेस्को मुख्यालयले हरेक वर्ष विश्वभरबाट छानिएकामध्येलाई ८ सेप्टेम्बरका दिन विभिन्न पुरस्कार दिँदै आएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सिफारिसमा २० हजार अमेरिकी डलर राशिको सो पुरस्कारका लागि एजिङ नेपाल यस वर्ष छनोटमा परेको हो । यही पुरस्कार आज साँझ विशेष भर्चुअल समारोहमाार्फत बेलायतको ‘युनाइटेड वल्ड स्कूल’ले पनि पाउँदैछ भने ‘युनेस्को कन्फ्युसियस प्राइज फर लिटेरेसी घानाको ‘जष्ट कमिट फाण्डेसन’, मेम्सिकोको ‘युनिभर्सिटि सेन्टर फर सोसियल पार्टिसिपेसन’ र यमनको ‘जनरल लिटेरेसी अफिस’ ले हात पार्दैछ ।

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नारासहित भर्चुअलरुपमा पुरस्कारका वितरण हुन लागेको हो । युनेस्को आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो । सन् १९६७ देखि वितरण शुरु भएको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कारबाट यस क्षेत्रमा कार्यरत विश्वभर ४९५ परियोजना र संस्था पुरस्कृत भइसकेका छन् ।

शिक्षाले महिला, बालबालिका ज्येष्ठ नागरिक सबैलाई सशक्तीकरण गर्ने गर्छ । उमेर जति छिप्पिँदै जान्छ त्यति त्यति आधूनिक विषयमा आधारभूत ज्ञान र सीपको आवश्यकता पर्ने भएकाले आफूहरुले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गौतमको भनाइ छ । नेपाल सरकारको साक्षर नेपाल कार्यक्रम १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई दिइने गरेकामा एजिङ नेपालले नयाँ पाठ्यक्रम र विधिका आधारमा पाका उमेरका बाआमालाई व्यवहारिक ज्ञान र सीप दिएर परिवारका लागि बोझ नभई प्रेरणा र उत्साहका रुपमा रहने वातावरण प्रदान गरेको छ । 

आजभन्दा ६० वर्षअघि शिक्षाको स्तर यस्तो थिएन । त्यसमा पनि महिलालाई शिक्षा नदिए सानै उमेरमा विवाह गरेर पठाउने गरिन्थ्यो । सानो उमेरमा विवाह हुने भएकाले महिला भात पकाउने, लिपपोत र घरखेत सम्हाल्न सक्ने भए पनि काठमाडौँका कुनै कार्यालय र बाटोका साइनबोर्ड समेत पढ्न नसक्ने स्थिति देखेर आफूले साक्षरताका कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई समाजको मूल प्रवाहमा ल्याउन मिक्सर  र रिमोट कन्ट्रोल चलाउने जस्ता सिकाइले उनीहरुको जीवनमा आमूल परिवर्तन आएको जनाउनुभयो ।  

अध्यक्ष गौतमले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालीमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको बताउनुभयो । सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म काठमाडौँका विभिन्न वडामा गरी १८० बाआमालाई आधारभूत शिक्षा दिइसकेको छ, यसमा १७० जना महिला छन् । हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढी निरक्षर रहेका छन् ।

“ज्येष्ठ नागरिकलक्षित शिक्षा कार्यक्रम नहुनु भनेको उनीहरुलाई शिक्षामा पहुँचको मानव अधिकारबाट वञ्चित गर्नु हो, जुन कुरा न्याय सङ्गत हँुदैन”, गौतम भन्नुहुन्छ, “अहिलेको शिक्षित युवा पनि ज्येष्ठ नागरिक हुँदाको समयसम्म  नयाँ नयाँ प्रविधि आइसकेका हुनेछन् । त्यतिबेलाको नयाँ प्रविधिको उपयोग गर्न पनि नयाँ ज्ञान र सीप आवश्यक हुन्छ । नयाँ ज्ञानसँग साक्षात्कार हुन नसकेमा ज्येष्ठ नागरिक दयाको पात्रा भएर अपमानित र अपहेलित हुनुपर्छ ।”

सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने तथा राष्ट्रियस्तरमा कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय साक्षरता दिवसभन्दा बेग्लै मनाउने भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका २०७७’ स्वीकृत गरी नयाँ मितिको खोजी भइरहेको बताइएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत ट्याक्टरको इन्जिनले किचेर सहचालकको मृत्यु जनताले कम्युनिष्टलाई गरेको आशा एवम भरोसा अनुसार परिणाम नआएको : महासचिव विप्लव आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की राष्ट्रपतिद्वारा शिक्षा मन्त्रीलाई शपथ एमालेका महासचिव पोखरेलले एमाले हुँदासम्म युवाहरू निराश हुनुपर्दैन बताए सामाजिक सञ्जालमा अरुलाई गाली गरेर देश नबन्ने,देश बनाउन युवाहरूले योजनाबद्ध काम गर्नुपर्ने : सुनिता डङ्गोल ऊर्जामन्त्री खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्वपूर्ण भूमिका रहेको बताए नेप्से परिसूचक दुई अङ्कले बढ्यो तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न कञ्चनपुरको सभागृह प्रयोग विहीन ‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’ स्वास्थ्यमन्त्री पौडेलले आवासीय चिकित्सकलाई तत्काल ४८ हजार तलब दिन निर्देशन दिए लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान ‘जनआन्दोलनका शहिद र घाइतेलाई नभुलौं’ गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरे भारतीय प्रधानमन्त्री मोदीले आतंककारी र षड्यन्त्रकारीलाई पृथ्वीको अन्तिम कुनासम्म छाड्ने छैनौँ भने शिक्षकहरुको आन्दोलनको आज २३ औँ दिन, छाता ओढेर आन्दोलन गरिरहे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने