२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको सभागृह प्रयोग विहीन

२०८२, ११ बैशाख बिहीबार १६:०४

काठमाडौँ | कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित निर्माण भएको सभागृह प्रयोगविहीन बनेको छ । विसं २०७५ मा निर्माण सम्पन्न भएको उक्त सभागृह हालसम्म प्रयोगमा आउन सकेको छैन । तीन तले सुविधा सम्पन्न सभागृहमा तीन हलका साथै चेन्जिङ रुम, अन्डरग्राउण्ड पार्किङको सुविधा पनि छ । तर निर्माण सम्पन्न भएको सात वर्ष बित्दासमेत उक्त सभाहल सञ्चालनमा आउन सकेको छैन ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिले रु आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह अहिले भीमदत्त नगरपालिका मातहत छ । तत्कालीन नगर विकास समिति अहिले भीमदत्त नगर विकास समिति बनेको छ । सभा हल सञ्चालनमा ल्याउने दायित्व भीमदत्त नगरपालिकाको भए पनि नगरपालिकाले सभाहल सञ्चालनमा ल्याउन सकेको छैन । निमार्ण सम्पन्न भएको वर्षौसम्म सभागृह सञ्चालनमा आउँदा जीर्ण बन्दै गएको छ ।

नगरपालिकाको नेतृत्वले चासो नदिदा करोडौँ लगानीमा निमार्ण भएको सभागृह जीर्ण बन्दै गएको यहाँका स्थानीय बताउँछन । “तत्कालीन नगरविकास समितिले जुन उद्देश्यका साथ सभागृह निमार्ण गरेको त्यही उद्देश्यअनुरुप सभागृह सञ्चालनमा आउनुपर्छ ।” यहाँका स्थानीय विष्णुप्रसाद जोशीले भन्नुभयो, “राज्यको करोड लगानी भएको संरचना प्रयोगविहिन बन्नुहुँदैन ।” कञ्चनपुरमा सभागृह नहुँदा ठुला कार्यक्रम सञ्चालन गर्न समस्या हुने गरेको उहाँको भनाइ छ ।

“निमार्ण सम्पन्न भएको सातवर्ष पुग्न थाल्योे अझैपनि सञ्चालनमा आउन सकेको छैन ।” स्थानीय टेक सिंह नायकले भन्नुभयो, “सभागृहको कतिपय ठाउँमा भवन नै चर्किएको छ ढोका र झ्याल फुटेका छन ।” उहाँले सभाहल सञ्चालन गर्ने दायित्व नगरपालिकाको भएकाले पालिकाले सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो ।

भीमदत्त नगरपालिकाले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ । “सभागृह सञ्चालनका लागि मापदण्ड बनाएर नगर विकास समितिको बैठकबाट पास गर्नुपर्छ ।” नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले भन्नुभयो, “नगर विकास समितिकै बैठक बस्न सकेको छैन ।” नगरपालिकाले यसअघि सभागृह सञ्चालनका लागि समिति बनाएर अध्ययन गरेको थियो । उक्त समितिले सभागृह सञ्चालनका लागि कार्यविधि बनाएर नगरपालिकालाई दिइसकेको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको साँढे पाँच बिघाह जमिन क्षेत्रफलमा सभागृह निर्माण गरिएको छ । अपाङ्गमैत्री सभागृहमा एक हजार जना अटाउने क्षमता छ । २०६५ सालमा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी रु ६ करोड ८१ लाखमा सभागृह निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सम्झौता हुँदाको इस्टमेट र डिजाइन परिवर्तन भएपछि ठेक्का रकम रु एक करोड ७० लाख बढाएर रु आठ करोड ५१ लाखमा सभागृह निमार्ण सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ