काठमाडौँ | सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको आरोप लगाएका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकोको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गरेका छन् । चिकित्सक सङ्घले आफ्ना मागहरू पूरा नभए वैशाख १२ गते देशभरका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।