2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाबाट अब बिरामी हुनेको संख्या घट्दै, कतै यस्तो त होइन कारण ?

September 13, 2020

भदौ २८, काठमाडौँ | फेस मास्कको काम मानिसलाई भाइरस र अन्य प्रदुषित कणबाट बचाउने हो । यसै कारणले कोरोना महामारीमा मानिसले फेस मास्क अनिवार्य लगाएर हिड्ने गरेका छन् । तर यस्तो लाग्दैछ कि फेस मास्कको गलत प्रयोगले मात्र मानिसलाई कम मात्रामा रोगको सिकार भईरहेका छन् । जसबाट मानिसहरु धेरै बिरामी भईरहेका छैनन् र मानिसको प्रतिरक्षा शक्ति पनि स्थिर वा बढेको पाइएको छ । केहि बिज्ञहरुले 'न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसीन' मा लेखेको लेखमा यस्तो दावी गरेका छन् । यस बिषयलाई लिएर चिकित्सकहरुले समेत स्वीकार गर्दै यो अध्ययनको बिषय भएको बताएका छन् ।  

ब्रिटिश टेलिग्राफको रिपोर्टका अनुसार, बिज्ञहरुको जिकिर छ कि 'हुनसक्छ कि मास्क लगाएर हिड्नालेनै मानिसलाई कोरोनाबाट प्रतिरक्षा मिलिरहेको छ । यसैको कारण मुख/नाकबाट प्रदुषण नछिरेको साथै हात धुने बानीले अन्य बिरामीको सिकार समेत हुनु नपरेको कारण मानिसहरु कोरोनाबाट कम बिरामी भएका छन् । अन्य रोगले नछोएको कारण कोरोना लागि हालेपनि बिरामी नपर्ने, लक्षण समेत नदेखी निको हुने भएको हुनसक्ने बताइएको छ । तर अहिलेसम्म, बैज्ञानिक रूपले यो कुरा पुष्टि भने भईसकेको छैन, तर बिज्ञहरुले यो सिद्धान्तलाई साबित गर्न सकिने दावी गरेका छन् । 


बिज्ञहरुले मास्क लगाएको कारण धेरै संख्यामा मानिसहरुलाई बिना लक्षणको कोरोना संक्रमण देखिएको छ । किनकी मास्कको कारणले भाइरसको कम मात्रा उनीहरुको सरीरमा प्रवेश गरेको छ, जसले मानिसमा कोरोना संक्रमित बनाएपनि बिरामीनै बनाउने अवस्था कम भएको विश्लेषण गरिएको छ । संक्रमितलाई संक्रमणको चरणमै धेरै कोरोना भाइरसको मात्रा प्रवेश गर्दा सरीरले त्यसबाट प्रतिरक्षा हुनखोज्दा बिरामी हुने गरेपनि कम मात्रामा मात्र भाइरस सरीरमा प्रवेश गर्दा सरीरले त्यसलाई मार्ने क्षमता राख्दा बिरामीनै नभई संक्रमितहरु कोरोना मुक्त हुने गरेको बताइएको छ ।  

केहि अनुसन्धानमा यस्ता संकेत मिलेको छ कि शुरुवातमा व्यक्तिमा भाइरसको जति मात्रा (infectious dose) बाट संक्रमित हुन्छन्, त्यसैको आधारमा यो तय हुनसक्छ कि उक्त व्यक्ति कति धेरै बिरामी हुन्छ । यसको मतलब सुरुमा जोबाट वा जहाँबाट संक्रमण प्रवेश गरेको हो, त्यसको मात्रा धेरै भएमा व्यक्ति बढी बिरामी हुनसक्ने र ज्यान समेत जान सक्ने हुन्छ । साथै सुरुमै कम मात्रामा भाइरस संक्रमण भएको भए बिरामीनै नभई वा कम मात्र बिरामी भएर संक्रमण मुक्त हुनसक्छ । बिज्ञहरुले यो विषयमा चिकित्सकीय अध्ययनको आवश्यकता रहेको बताएका छन् । 

अर्जेन्टिनाको एक जहाजमा यात्रा गरेका यात्रूहरुमा यस्तो अध्ययन गरिएको थियो । यस क्रममा पाइएको थियो कि जसजसले N95 मास्क लगाएका थिए, उनिहरुमा बिना लक्षणको संक्रमित हुने दर ८१ प्रतिशत रहेको थियो । साथै १९ प्रतिशत मात्र बिरामी परेका थिए । तर त्यसअघि जसले जहाजमा यात्रा गर्दा मास्कनै लगाएका थिएनन्, उनीहरुमा बिना लक्षण संक्रमित हुनेको दर मात्र २० प्रतिशत थिए । यसको मतलब मास्कनै नलगाई यात्रा गरेर जो-जो संक्रमित भए उनिहरु मध्ये ८० प्रतिशत बिरामी परेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक