Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बहराइनमा अलपत्र परेका महिला श्रमिकलाई सम्पर्कमा आउन दूतावासको अनुरोध

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असोज ९, काठमाडौं ।</b> बहराइनमा कोरोना महामारीका कारण अलपत्र परेका महिला श्रमिकको उद्धार गरी पठाइने भएको छ । लामो समयदेखि अलपत्र परेका, हिंसाको उच्च जोखिममा रहेका र स्वास्थ्य समस्या रहेका नेपाली महिलालाई दूतावासले प्राथमिकिकरण गरी स्वदेश पठाउने भएकाले दूतावासमा सम्पर्क गर्न भनेको हो ।</p><p>यसरी प्राथमिकिकरण गरेर पठाउने क्रममा छुटेका महिलाको नाम थर, पासपोर्ट नम्बरसहित परेको समस्या खुलाएर दूतावासमा भोलि असोज १० गतेभित्र दूतावासमा सम्पर्क राख्न दूतावासले अनुरोध गरेको छ ।</p><p>यसरी अलपत्र परेका महिला श्रमिक बहराइनमा क्रियाशिल कुनै संघसंस्थाको सम्पर्कमा भएमा पनि दूतावासमा सम्पर्कमा ल्याइदिन भनिएको छ । कोरोना महामारीपछि अहिलेसम्म बहराइनबाट १२ सय ७५ जना स्वदेश फर्किएका छन् । विभिन्न समयमा अलपत्र नेपाली श्रमिकको उद्धारका लागि बहराइनबाट चार्टर्ड उडान भइरहेको छ ।</p>