पढ्न करिब 2 मिनेट लाग्छ

असोज २०, काठमाडौँ | मंगल ग्रह अहिले पृथ्वीको नजिक आइपुगेको छ । सन २००३ पछि मंगल ग्रह पहिलो पटक पृथ्वीको नजिक आएको र अब १५ वर्षपछि मात्रै मंगलग्रह पृथ्वीको अहिलेको जस्तो नजिकको दुरीमा आउने वैज्ञानिकहरुले बताएका छन् ।

अक्टोबर महिनाको हरेक रातभर मंगलग्रह पृथ्वीबाट स्पष्ट रुपमा देख्न सकिन्छ । हरेक बेलुका पूर्वबाट देखिने मंगल ग्रह सबेर बिहान पश्चिम तिर देखिन्छ ।

रातिको समयमा आकाशमा हेर्दा रातो तारा देख्नु भयो भने त्यो नै मंगल ग्रह हो । सधैँ यो रातो तारा यसरी स्पष्ट पृथ्वीबाट देख्ने अवसर पाउनुहुनेछैन ।

मंगल ग्रह मंगलबार बेलुका ८ बजेर तीन मिनेट जाँदा पृथ्वीबाट सबैभन्दा नजिक आउने छ । त्यसबेला मंगल ग्रह पृथ्वीबाट ३८,५८६,८१६ माइलको दूरीमा हुन्छ । यसपछि सन् २०३५ सम्म मंगल ग्रह पृथ्वीबाट यति नजिक हुँदैन ।

सन् २००३ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो, त्यो बेला मंगल ग्रह र पृथ्वीबिचको दूरी ३४.६५ मिलियन माइल थियो ।

आउँदो हप्ता पृथ्वी मंगल ग्रह र सूर्यको बिचमा पर्ने छ । मार्स अपोजिसन भनिने यो अवस्था अक्टोबर १३ मा हुनेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार सो दिन मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ ।

मंगल ग्रह र पृथ्वीले पूर्ण वृत्तमा परिक्रमा गर्दैनन् । उनीहरुको परिक्रमा चक्र ओभल जस्तो छ।

उदहारणका लागि पृथ्वीले सूर्यलाई परिक्रमा गर्नका लागि ३६५ दिन लगाउँछ । मंगल ग्रहलाई परिक्रमा पूरा गर्नका लागि ६८७ दिन लाग्छ । जब पृथ्वी सूर्यको नजिक पुग्छ तब मंगल ग्रह पर जान्छ ।