साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय"/>

2026-09-18 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याद सकिएको औषधि खुवाउने चिकित्सक पक्राउ

साउन १४, गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 

प्रहरीका अनुसार २०७३ जेठ ६ गते का दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा छ वर्षीय सर्वेश झालाई क्षयरोग भएकामा औषधि उपचार गराउन स्वास्थ्य चौकी श्रीपुरमा लैजाँदा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब रामकिशोर साहले चेकजाँच गरी औषधि उपचार गर्ने क्रममा क्षयरोगको म्याद सकिएको औषधि सेवन गर्न दिएका थिए । 

बिरामी झाले औषधि सेवनपछि पनि रोग निको नभएपछि औषधि जाँच गराउँदा सो औषधिको मिति सिद्धिइसकेको बिरामीका बुबा सन्तोष झाले कालोबजारी मुद्दामा कारबाही गरी पाऊँ भन्ने बेहोराको जाहेरी दरखास्त यही साउन १२ गते इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा जानकारी दिएका थिए । 

स्वास्थ्य चौकी श्रीपुरमा खानतलासी गर्दा उक्त औषधिको म्याद केही महिनाअघि नै सकिएकाले २५२ ट्यावलेट बरामद भएकामा सोको बरामदी मुचुल्का गरी निज सिअहेब राजकिशोर साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई