2026-09-18 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुर तिहार /नरकचतुर्दशी/ लक्ष्मी पूजा/दिपमालिका

कात्तिक २९, काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन शनिबार  घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ । कुकरलाई यमराजको दूत र भैरवको वाहन मानिन्छ। घरको सुरक्षा गर्ने हुँदा कुकुरको बेग्लै महत्व छ। घर पालेको कुकुरको पूजा गरेर, माला लगाएर मीठो खानेकुरा दिने चलन छ।कुकुरलाई पूजा गर्दा भन्ने मन्त्र यस प्रकार छ। “द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ। ताभ्यामन्नं प्रदास्यामि रक्षतां पथि सर्वदा ।।” धार्मिक विश्वास अनुसार यमलोकमा यमराजको ढोकामा पाले भएर बस्ने कुकुरले यमलोक जाँदा बाटो छाडिदिने बताइन्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।

शनिबार  बिहान अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको छ। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।यमदीपदान गर्ने मन्त्र यस प्रकार रहेको छ।  “दत्तो दीपश्चतुर्दश्यां नरकप्रितये मया ।चतुर्वतिर्समायुक्तः सर्वपापापनुत्तये।।”  यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ । 

आज दिनको १/४९ मिनेट बाट औंसी  लागेकोले लक्ष्मीपूजा पनि अाजै परेको छ।भोलि राति सम्म  औंसी नभएको र बिशेष लक्ष्मीपूजा साझमा हुने भएकाले अाज लक्ष्मी पूजा भएको हो ।बिशेषतः भगवती लक्ष्मीका आठ रुप रहेका छन् ।जस्को जे कामना हुन्छ सोही अनुसार बिशेष लक्ष्मीको पूजा गरिन्छ । 

सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामना सहित माता लक्ष्मीको पूजा गरि आफ्ना दराज सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गरिन्छ ।दिपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात अन्धकारबाट प्रकाशतर्फ लागि आफुलाई  आत्मिक रुपमा सुख सन्तोष प्रदान गर्न दियो र झिलिमिली बत्ती  पनि बालिन्छ।  आजकै दिन चेलीबेटीले भैलो खेल्ने चलन पनि छ। विशेष सतर्कताका साथमा चाडपर्व मनाउनु होला ।(कुकुर तिहारको दिन शनिबार मध्यपुर थिमि–२ सानोठिमीस्थित भैरव बहान गुल्ममा कुकुरको तालिम नमूना अभ्यास प्रस्तुत गरिँदै । तस्वीर : रत्न श्रेष्ठ/रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई