2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भ्याक्सिन फाइजर–बायोएनटेकलाई विश्व स्वास्थ्य संगठनको अनुमति

पुस १७, जेनेभा | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । 

बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । 

कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । डब्लुएचओका वरिष्ट अधिकृत म्यारिएन्जेला सिमाओले फाइजरको खोपले अनुमति प्राप्त गर्नु निकै सकारात्मक कदम भएको र यसबाट विश्वका अन्य मुलुकले पनि यस खोपमा सहज पहुँच हासिल गर्ने विश्वास व्यक्त बताउनुभयो । 

डब्लुएचओका अनुसार युनिसेफ जस्ता मानवीय सहायता निकायहरुले फाइजरका खोप खरिद गरेर अति जरुरी परेका मुलुकमा आपूर्ति गर्न पनि यसले बाटो खोलेको छ । फाइजर–बायोएनटेकले विकास गरेको खोपको सुरक्षा, प्रभावकारिता र गुणस्तर जाँच गर्न डब्लुएचओले विश्वभरबाट तथ्याँक संकलन गरी विश्लेषण गरेको थियो ।

विज्ञहरुको टोलीले गरेको अध्ययनमा कोभिड–१९ बाट सिर्जना हुने जोखिम न्यून गर्न फाइजरका खोप निकै प्रभावकारी देखिएको डब्लुएचओले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई