पढ्न करिब 3 मिनेट लाग्छ

पुस २९, काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको विज्ञापन आह्वान गरेको छ । आयोगले आज (बुधवार) सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो ।

लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन गरेको छ | आयोगले बुधबार खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी (अप्राविधिक) पदमा विज्ञापन गरेको हो |

काठमाडौं कार्यालयबाट खुलामा १५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २९६ जनाका लागि विज्ञापन मागेको छ | त्यस्तै धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन प्रकाशित गरेको छ ।

जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको माग गरेको छ | पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति गरिने आयोगले जनाएको छ |

बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जना माग गरेको छ | यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ | सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको लागि विज्ञापन गरेको छ |

त्यस्तै दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ | यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ |

आयोगको वार्षिक कार्यतालिका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि तथा खुल्ला पदपूर्तिका लागि विज्ञापन आह्वान गरिएको हो । दरखास्त बुझाउने अन्तिम मिति माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।

परीक्षा केन्द्र आयोगको केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू तथा जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदका लागि सिरहाको लाहान र पर्साको वीरगन्जबाट पनि परीक्षा दिन सकिने छ । यस्तै सुर्खेतबाट विज्ञापन हुने पदका लागि डोल्पा र हुम्ला जिल्लाबाट पनि परीक्षा दिन सकिने आयोगले जनाएको छ ।

दरखास्त दस्तुर प्रत्येक समूहका लागि ४०० सय र थप समूहका लागि २०० थप दस्तुर बुझाउनु पर्ने छ । परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कबाट बुझाउन सकिने छ ।

हेर्नुस विज्ञापन :