पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ १२, काठमाडौँ । </b>संसद विघटनको बिरुद्धमा निकालिएको बालुवाटार मार्चमा प्रहरीले हस्तक्षेप गरेको छ । नागरिक समाजले गरेको उक्त मार्चमा केहि प्रदर्शनकारी घाइते भएका छन् । कमल पोखरीबाट निष्किएको मार्चलाई प्रहरीले वालुवाटार नपुग्दै रोकेको हो ।<br></p><p>शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिकमाथि प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रहार गरेको छ । शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमनले राम्रो संकेत नगरेको पत्रकार तथा लेखक नारायण वाग्लले बताए । उनले तेश्रो जनआन्दोलन सुरु भएको समेत बताएका छन् ।</p><p>प्रहरीले बल प्रयोग गरेपछि नागरिक मार्च तितरबितर भएको थियो । गत ५ पुसमा सरकारले गरेको प्रतिनिधि सभा विघटनको बिरुद्धमा नागरिक समाज तथा अगुवाहरुले विरोध गर्दै आएका छन् ।</p>

