राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

विपीसी कलेजद्वारा रक्तदान, २१ महिला सहित ११० जनाले गरे रक्तदान

२१ श्रावण २०७३, शुक्रबार ११:३८


राकेश साह | साउन २१, वीरगंज | वीरगंज पब्लिक कलेज (बिपीसी)को  आयोजनमा आज  वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा २१ महिला सहित ११० जनाले रक्तदान गरेका रक्तसंचार केन्द्र वीरगंजका प्रमुख प्रविन मानन्धरले बताए । 

प्रमुख अतिथी  सर्राफले रक्तदान गरी उद्घाटन गरेको रक्तदान कार्यक्रममा शारदा साह, शिल्पी अग्रवाल, आशुतोष बैद्य,  आरती साह, अमीर मगर, सन्देश श्रेष्ठ, पुजा साह, सुनित कुशवाहा, जयप्रकास गुप्ता, मुकेश गुप्ता, एमडी अस्लम, सृष्टि रंजितकार, सदभावना पार्टी पर्साका युवा नेता अनिल साह लगायतकाले रक्तदान गरेका थिए । 

कलेज प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा  समाजसेवी प्रकास चौधरी थारु, सदभावना पार्टी पर्साका युवा नेता धमेन्द्र पटेल, शेख मुन्ना, एनपीडेलीका पत्रकार दिपक चौरसिया, राकेश साह, वीपिसी कलेजका प्रशासकिय अधिकृत संकल्प शाक्य, प्रेम पटेल, रामप्रसाद सहनी, हरी रत्तन तुलाधर, युगल प्रसाद  लगायतका उपस्थिती रहेको थियो भने रक्त संचार केन्द्र वीरगंजका प्रमुख प्रविण मानन्धर, प्राबिधिक जितेन्द्र कुशवाहा लगायतको प्राबिधिकहरुले सहयोग गरेको कलेजका प्रध्यापक एवं कार्यक्रम संयोजक अरबिन्द श्रेष्ठले बताए । 

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै नगर अध्यक्ष सर्राफले वीरगंजमा रगतको  अभाव भईरहेको बेला बिपिसी कलेजले आयोजना गरेको रक्तदान कार्यक्रम महत्वपुर्ण साबित हुने बताए । पढाई संगै अतिरिक्त क्रियाकलापमा समेत बिपिसी कलेज अबल रहेको चर्चा गर्दै अगामी दिनहरु पनि यस कलेजले समाजको हक हितको लागि यस्तै रचनात्मक क्रियाकलाप गर्दै जाने आशा  व्यक्त गर्नुभयो ।यस्तो समाजिक गतिबिधीले बिद्यार्थीहरुमा नैतिकवान चरित्र संगै असल समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने