१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला :‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’अभियान शुरु

२४ फाल्गुन २०७७, सोमबार ०४:३७

फागुन २४, चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु गरिएको छ । 

यो अभियानअन्तर्गत रु एक लाख सहयोग गरेर एउटा कुर्चीमा आफ्नो नाम लेख्न सकिने छ । अहिले सहयोगी दाताले रु एक लाख हस्तान्तरण गर्दै कुर्चीमा आफ्नो नाम लेखाउन थालेका छन् । यसैक्रममा ‘ओखती’ साबुनले रङ्गशालालाई रु एक लाख सहयोग गरेको छ । 

ओखती उत्पादक कम्पनी श्री जयकाली जडीबुटी उद्योग काठमाडौँले रु एक लाख सहयोग गर्दै कुर्चीमा कम्पनीको नाम लेखाएको हो । कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल रङ्गशाला निर्माणस्थलमै पुगेर धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो ।

सो क्रममा प्रबन्ध निर्देशक बस्यालले ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा निकै सान्दर्भिक रहेको भन्दै सानो सहयोगको रुपमा आफू रङ्गशालासँग जोडिएको बताउनुभयो । उहाँले आफ्ना पितृदेखि परिवार तथा संस्थाको नाम लेखेर सहयोग गर्न सकिने भएको यस अवधारणामा सामेल हुन देश तथा विदेशमा रहेका सबै नेपालीमा आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा अझै यस्तो सहयोग जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रबन्ध निर्देशक बस्यालले पाँच नम्बरको कुर्ची बुक गर्नुभएको छ । 

फाउण्डेशनले काठमाडौँमा पत्रकार सम्मेलन गरी ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अवधारणा सार्वजनिक गरेपछि अहिले धमाधम कुर्ची बुक गर्दै सहयोग गर्न थालेका छन् । फाउण्डेशनका अध्यक्ष धुर्मुसले रङ्गशाला निर्माणमा अझै पनि रकमको आवश्यकता भएकाले यो अवधारणा ल्याइएको बताउनुभयो । 

उहाँले यो अवधारणा कुर्ची बेच्ने अर्थमा नलिन आग्रह गर्दै सानो सहयोगबाट आफ्नो नाम लेखाउन सकिने अवधारणाको रुपमा लिन आग्रह गर्नुभयो । “यो कुर्ची खरिद, बिक्रीको कुरा होइन, सहयोगबाट कुर्चीमा नाम लेखाउन सकिन्छ भन्ने सन्देश दिन हो, यसअघि सहयोग गर्ने महानुभावको पनि हामीले रङ्गशालामा नाम उल्लेख गर्छौं”, अध्यक्ष धुर्मुसले भन्नुभयो ।

खैरहनीमा मनाइयो महिला दिवस 

एक सय एघारौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खैरहनी नगरपालिकामा प्रशिक्षणात्मक कार्यक्रम गरिएको छ । कार्यक्रममा अधिवक्ता मुकुन्द दाहालले सुरक्षा, रोजगार र कानूनका बारे प्रशिक्षण दिनुभएको थियो । साथै श्रमका कारण महिलामाथि भएका विभेदका बारे जानकारी दिँदै प्रशिक्षित गराइएको थियो । 

दिवसका दिन विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्ने भएकाले एक दिनअघिनै नगरका सबै सरोकारवाला निकाय र महिला सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम गरिएको खैरहनी नगरपालिकाका महिला तथा बालबालिका शाखा उपप्रमुख विमला रानाभाटले बताउनुभयो । कार्यक्रममा नगरपालिका उपप्रमुख सुनिता थपलियाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

पूर्वप्रहरी सङ्गठन चितवनको अध्यक्षमा श्रेष्ठ

पूर्वप्रहरी सङ्गठन चितवनको अध्यक्षमा उद्धवकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सङ्गठनको पाचौँ साधारणसभा तथा दोस्रो अधिवेशनमा श्रेष्ठसहित १५ निर्वाचित हुनुभएको हो । सङ्गठनको वरिष्ठ उपाध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा सुनिता दर्लामी, सचिवमा खुमलाल उपाध्याय, कोषाध्यक्षमा हरिदत्त रिमाल, सहसचिवमा नारायण श्रेष्ठ, सहकोषाध्यक्षमा ईश्वर बुढाथोकी, सदस्यमा बमबहादुर थापा, विष्णु गुरुङ, सरस्वती वर्देवा, भूमिप्रसाद काफ्ले, चेतबहादुर शाही, विमला बुढाथोकी, आशबहादुर घर्ती र लेखा संयोजकमा चुमबहादुर जिसी निर्वाचित हुनुभएको छ ।

कार्यकर्ता भेला सम्पन्न  

राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष शुक्रबहादुर गुरुङले पार्टीको सङ्ठनात्मक विकास र सुदृढीकरणमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सो पार्टीद्वारा चितवनको भरतपुर– १० स्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलामा उहाँले पार्टीको सदस्यता वितरण गर्ने कार्यलाई अभियानको रुपमा लैजान पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल