Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रारामा आठ महिनामा ४ हजार पर्यटक,१० लाख राजश्व

By kit 5 मिनेट पढाइ

दान बहादुर बुढा । चैत २९, मुगु । नेपालको सुन्दर पर्यटकको मुख्य मुटु मानिएको कर्णाली प्रदेशको मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९मा रहेको महेन्द्र अर्थात रारा तालमा यो बर्षको ८ महिनामा ४ हजार पर्यटकहरु भित्रिएका छन भने १० लाख भन्दा बढी राजश्व संकलन गरिएको छ ।

ताल समुन्द्र सतह देखि २९ सय ७२ मिटरको उचाई, लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर,गहिराइ १६७ मिटर रहेको छ । नेपालको ठूलो रारा तालमा यो आर्थिक बर्षको फाल्गुन सम्म ८ महिनामा नेपालका बिभिन्न शहरबाट घुम्न आउर्ने आन्तरिक पर्यटकहरु ४ हजार ४ सय ३९ जना रहेका छन । यस्तै विदशी ७ जना मात्र रहेका छन ।

गत वर्ष विश्वभरी फैलिरहेको कोरोना महामारीका कारण ९ हजार ७ सय ७० मात्र पर्यटक रारामा आएका थिए । यो वर्षको अन्तिम सम्म १२ हजार भन्दा बढी पर्यटकहरु रारा घुम्न आउनेअनुमान गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटु रारा मुगुका संरक्षण अधिकृत बद्घिबिनोद दाहालले जानकारी दिए ।

संरक्षण दाहालका अनुसार यो आर्थिक वर्षमा रारा घुम्न आउर्ने आन्तरिक पर्यटकहरुबाट रारा घुम्न आए वाफत एक सय  प्रति व्यक्ति शुल्क लिने र विदेशी पर्यटक बाट प्रतिव्यक्ति तीन  हजार शुल्क प्रति लिने गरिएको छ  ।

फाल्गुन महिना सम्म १०लाख १३ हजार ७ सय ८० रुपैया राजश्व उठेको उनले बताए । रारामा घुम्न आउर्ने पर्यटकहरुको लागी पछिल्लो समयमा सडक र हवाई मार्ग को ब्याबस्थामा सुधार आएको भएपनि रारामा रहेको निकुञ्जको क्यान्टीनलाई होटलको रुपमा सन्चालन गर्दा पनि पाउनाहरुले प्रयाप्त बास बस्न र खान नपाउदा अन्य पर्यटकहरुलाई उपयुक्त व्यवस्था नहुँदा रारा घुम्न आएका पर्यटकहरु लक्ष्य अनुसारको समय भन्दा अगावै फर्कने गरेका छन् ।