Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

उपत्यकामा अबको निषेधाज्ञा: गाडीमा जोर–बिजोर, बारअनुसार पसल खुल्ने (सूचना सहित)

By साझासवाल

असार ६, काठमाण्डौ | काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्बिएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार १४ गते राति १२ बजेसम्म थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई खुकुलो बनाउँदै थप गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । अब दुई पाङ्ग्रे मोटरसाइकल र निजी चार पाङ्ग्रे कार, जीप, ट्याक्सी जोर–बिजोरका आधारमा चल्नेछन् । चारपाङ्ग्रे गाडीमा चार जना मात्रै बस्न पाइनेछ ।

त्यस्तै हार्डवेयर पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने छन् । सुनचाँदी, भाडा पसल आइतवार, मङ्गलवार र बिहीवार खुल्नेछ । त्यस्तै कपडा पसल, डिमार्टमेन्टल स्टोर तथा खेलकुदका पसल सोमवार, बुधवार र शुक्रवार खुल्नेछ ।

अरू अत्यावश्यक सामग्रीका क्षेत्रमा भने रोकतोक छैन । पछिल्लो पटक थपिएको निषेधाज्ञा असार ७ गते राति सकिँदैछ ।