नन्दराम जैशी | साउन २९, जुम्ला | जुम्लाका स्थानीय नागरिकले जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने एउटै सेवा लिन कार्यालयमा धेरै पटक धाउनु पर्ने बाध्यता रहेको बताएका छन् । जिविस जुम्लाद्धारा शुक्रबार आयोजना गरी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | साउन २९, जुम्ला | जुम्लाका स्थानीय नागरिकले जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने एउटै सेवा लिन कार्यालयमा धेरै पटक धाउनु पर्ने बाध्यता रहेको बताएका छन् । जिविस जुम्लाद्धारा शुक्रबार आयोजना गरी"/>
2026-10-15 06:54 AM
जुम्ला - JML

एउटै सरकारी सेवा लिन धेरै पटक कार्यालय धाउनु पर्छ “जुम्लाबासि”

नन्दराम जैशी | साउन २९, जुम्ला | जुम्लाका स्थानीय नागरिकले जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने एउटै सेवा लिन कार्यालयमा धेरै पटक धाउनु पर्ने बाध्यता रहेको बताएका छन् । जिविस जुम्लाद्धारा शुक्रबार आयोजना गरीएको जिल्लाका सरकारी कार्यालयहरु तथा गैर सरकारी कार्यालयहरुको आर्थिक बर्ष ०७२÷०७३ मा संचालित योजना तथा कार्यक्रमहरुको बार्षिक सार्बजानिक सुनुवाइ कार्यक्रमका सहभागिले यस्तो बताएका हुन् ।

कार्यक्रमको अवसरमा तयार पारीएको नागरिक प्रतिवेदन तथा बर्हिगमन अभिमतका रिपोर्ट अनुसार कार्यालयमा नागरीकले एउटा कामको लागि कति पटक धाउनु पर्यो भन्ने, प्रश्नमा १८ प्रतिशतले एक पटक, १२ प्रतिशतले दुई पटक र ७० प्रतिशतले धेरै पटक कार्यालयमा धाउनु परेको बताएका छन् । यस्तै रिपोर्ट अनुसार सबैभन्दा बढि नागरीकले सरकारी सेवा प्रवाह प्रति असन्तुष्ट जनाएका छन् । जसमा ८ प्रतिशत नागरिकले सन्तुष्ट रुपमा सेवा पाएको, ४२ प्रतिशतले ठिकै र ५० प्रतिशतले असन्तुष्ट जनाएको रिपोर्टमा उल्लेख छ । सार्वजनिक सुनुवाइ कार्यक्रमका सहकर्ता सुरेश कुमार गौतमका अनुसार जिविस जुम्लाले स्थानिय निकाय सार्वजनिक सुनुवाई कार्यविधी २०६७ अनुसार नागरिक प्रतिवेदन तथा बर्हिगमन अभिमत रिपोर्ट तयार पारी बार्षिक सार्वंजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यविधी २०६७ अनुसार नागरिक प्रतिवेदन भाग १, नागरिक प्रतिवेदन पत्र प्रश्नावली भाग २ र वर्हिगमन अभिमत संकलन ढाँचा अनुसार जुम्ला जिल्लाको सिंजा क्षेत्रको महावैपाथरखोला गाविस र चौध विस क्षेत्रको डिल्लीचौर गाविस लगायत अन्य गाविस र चन्दननाथ नगरपालीकामा वसोवास गर्दे आएका ५० जना स्थानिय वासी, नागरिक समाज, राजनीतिक कर्मी, पत्रकार, शिक्षक, व्यापारी तथा अन्य सरोकारवालासँग नागरिक प्रतिवेदन र वर्हिगमन अभिमन संकलन गरिएको थियो । वर्हिगमन अभिमन संकलनका अवसरमा अधिकांस स्थानीयले भनेको सयममा कार्यालयमा काम तथा प्राविधिकहरु नपाइएको, भुक्तानी दिनेबेला कार्यालयले आनाकानी गर्ने र सेवा प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।

यस्तै योजनाको जाँचपास राम्रोसँग नगरि भुक्तानि दिने व्यवस्था भएको, कामलाई चुस्त र दुस्त रुपमा सञ्चालन गर्नु पर्ने  र प्रत्येक योजनाको सार्वजनिक सुवाइ र सामाजिक परिक्षण हुनु पर्ने नागरिकले सुझाव दिएका छन् । जिविस जुम्लाको आयोजना र रेडियो कर्णाली तथा किर्डाक नेपाल जुम्लाको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रमको रेडियो कर्णाली र चिमारामा रहेको माउन्टेन एफएमबाट प्रत्यक्षरण प्रशारण गरिएको थियो ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने