2026-08-16 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लिम्बु सभ्यता : पुरुषभन्दा बढी तौल भए महिलाले विवाह गर्न पाउँदैनथे, झल्को दिनेगरी बन्यो चोलुङ पार्क

असोज १६ , तेह्रथुम,  न्युज कारखाना । प्रकृति पुजकका रूपमा चिनिएका पूर्वीपहाडी भेगमा बसोवास गर्ने लिम्बु समुदायको ढुंगासँग छुट्टै सम्बन्ध रहिआएको छ । यो जातिमा जन्मदेखि मृत्युपर्यन्त ढुंगाको भूमिका र प्रयोग रहने गरेको छ । जन्म, विवाह र मृत्युजस्ता सामाजिक कार्यमा ढुंगाको प्रयोग अनिवार्य छ । त्यतिमात्र नभई कसैसँग झैं-झगडा भएर मिल्नुपर्दा, मितेरी साइनो गाँस्दा, सम्बन्ध जोड्दा वा विच्छेद गर्नुपर्दा पनि निशानी एवं प्रतीकका रूपमा ढुंगा गाड्ने परम्परा छ ।

लिम्बु समुदायले जन्मेदेखि गर्ने हरेक काममा ढुंगालाई साक्षी राख्ने गरेका हुन् । लिम्बु मुन्धुममा यसरी साक्षी राखिने ढुंगालाई ‘मेन्दुरी प्यासाङा’ भनिन्छ। लिम्बुको आदिमकालदेखि चलिआएको यो सभ्यतालाई पुनः जागृत गराउन तेह्रथुमको लालीगुराँस नगरपालिकाले ढुंगैढुंगाको पार्क अथवा चोलुङ (सिद्धि प्राप्ति) पार्क निर्माण गरेको छ । सांस्कृतिक पर्यटन प्रवर्द्धनसमेत उद्देश्य बोकेको यो पार्क पर्यटकको विशेष गन्तव्य बन्न थालेको छ ।

लिम्बु समुदायको मौलिकतासँग जोडेर ढुंगा मात्र प्रयोग गरेर बनाइएको यो पार्कमा घुम्न तथा हेर्नका लागि दैनिक सयौं आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका छन्। यस पार्कमा विभिन्न ठाउँबाट पर्यटक आउने र अध्ययन तथा भ्रमणसमेत गर्ने गरेको लालीगुराँसका नगर प्रमुख अर्जुन माबोहाङले बताए । उनले भने, ‘लिम्बु जातिको पुरानो सभ्यता र संस्कारलाई पार्कको माध्यमद्वारा प्रतिविम्बित गराई विश्वसामु चिनाउने लक्ष्य छ ।’

लिम्बु भाषामा ‘चो’ को अर्थ लक्ष्य र ‘लुङ’ को अर्थ ढुंगा हुन्छ । यस अर्थमा यो चोत्लुङ पार्कको विशेषता भनेकै ढुंगाको सभ्यता हो । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने लिम्बु सभ्यता थियो भने पुरुषभन्दा बढी तौल भए महिलाले आजीवन कन्या बस्ने प्रचलन थियो ।

आदिमकालदेखि आफ्नै भाषा, लिपि, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज रहेको लिम्बु जातिमा ढुंगाको छुट्टै महत्व रहेको र यसको पुरातात्विक सभ्यताको भग्नावशेष जगेर्नाको अभिप्रायले यो पार्क बन्नु आफैंमा महत्त्वपूर्ण रहेको किराँत याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेशकुमार सेनेहाङले बताए । ‘यस ठाउँमा एकपटक आउने जो कोहीले लिम्बु जातिको पूर्वजले चलाई ल्याएको संस्कार र रीतिलाई नजिकबाट बुझ्नेछन,’ उनले भने ।

यो पार्कको विभिन्न भागमा अग्ला–अग्ला ढुंगाका स्तम्भ गाडिएका छन् । यसरी ढुंगा गाडिने परम्परा लिम्बु समुदायमा प्राचीनकालदेखि छ । लिम्बुहरूले जन्मेदेखि मृत्युसम्म विभिन्न सामाजिक संस्कारमा लुङ अर्थात् ढुंगा गाड्छन् । आदिमकालमा लिम्बु जातिको युमा (इष्टदेवी) ले प्रयोग गरेको तान बुन्ने ठाउँ र धागो अड्याउने खम्बा यहाँ राखिनु पार्कको मुख्य विशेषता हो । यहाँ गाडिएका ढुंगाको उचाइ करिब १६ फिट छ । नजिकै ढुंगाको तराजु पनि राखिएको छ ।

मानव सभ्यता सुरु भएपछि बिहेबारी गर्दा यही तराजुमा जोखिएर मात्र तौलअनुसार निर्णय लिनुपर्ने किंवदन्ती लिम्बु समुदायमा प्रचलित छ । महिलाकोभन्दा तौल बढी भएमात्र पुरुषले विवाह गर्न पाउने प्राचीन सभ्यता रहेको लिम्बु मुन्धुमविद्हरुको भनाइ छ ।

 पार्कमा (सिङपक्वा च्वात् लुङपक्वा च्वात्) प्राकृतिक रुपमा रहेको ढुङगा र रुपमा रहेको पवित्र पानी जुन पानीले अपवित्र काम गरेको भएपनि चोखाएर पवित्र हुने लिम्बु समुदायमा मान्यता रहँदै आएको छ । करिब ५० रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कको पूर्वपट्टीको भागमा लिम्बु जातिको आदिम राजा ‘सावा येहाङ’ को सभ्यतालाई पुनर्निर्माण गरिने भएको छ ।

आदिमकालको सभ्यतालाई प्रतिविम्बित गराउने सावायेहाङ पाङभे (गाउँ) मा आठवटा परम्परागत घर धमाधम निर्माण भइरहेका छन् । यहाँ मौलिक तथा ऐतिहासिक घर, युमा संग्रहालय, युमा पोखरी, देवारी घर, श्रीजंगा पुस्तकालयलगायतका भौतिक संरचनाहरु निर्माण भइरहेका छन् ।

लिम्बु जातिको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र निर्माण गर्ने उद्देश्यसाथ निर्माण गरिएको पार्कमा जन्म, विवाह, मृत्युलगायत सामाजिक तथा सामूहिक कार्य हुँदै आएको लालीगुराँस नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले बताए । ‘यो पार्कमा प्रायः दैनिकजसो कुनै न कुनै काम भइरहेको हुन्छ,’ उनले भने ।

लिम्बु जातिको संस्कार चलाउने फेदाङमा, येवा, साम्बालगायत शास्त्रीय ज्ञान भएका मन्त्रधारीहरू पछिल्लो समय लोप हुँदै गएका छन् । यसले लिम्बु सभ्यता र संस्कार नै धरापमा परेकाले स्थानीय उत्पादन गर्ने लक्ष्य राखिएको नगर प्रमुख माबोहाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएमा विभाजन अन्त्य भएको घोषणा, अब नागरिकता र दोस्रो पुस्तामा केन्द्रित हुने जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ : शशांक कोइराला भ्रष्टाचारको आरोपितलाई हुल बाँधेर, बर्दी लगाएर, समिति–समितिमा गएर प्रवचन दिने छुट छैन: खगेन्द्र सुनार निर्वाचनपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री बालेनको शुभकामना, नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा जेनजी विद्रोहपछि पुराना शक्ति जुर्मुराउनु र नयाँ शक्ति अल्मलिनु विडम्बनापूर्ण : बाबुराम भट्टराई विशेष महाधिवेशनको पक्षमा थिइनँ, सर्वोच्चबाट न्याय पाउने विश्वास छ : देउवा नुवाकोटमा अनियन्त्रित बसले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन घाइते गाडी पार्किङ विवादमा धारिलो हतियार प्रहार हुँदा ४ जना घाइते परराष्ट्रमन्त्रीद्वारा भारतको ८०औँ स्वतन्त्रता दिवसको शुभकामना रोल्पाको कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो कांग्रेसको राष्ट्रिय भेला आज पनि जारी हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ