2026-09-18 09:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाद्वारा जापानको समुद्रमा प्रोजेक्टाइल प्रहार

कात्तिक २, प्योङयाङ | एजेन्सी | उत्तर कोरियाले एउटा प्रोजेक्टाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको प्रोजेक्टाइल जापानको समुद्रमा खसेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ । उत्तर कोरियाले पछिल्लो समयमा एक पछि अर्को आणविक हतियार परीक्षण गरिरहेको छ । 

यसअघि उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल र आवाजभन्दा पनि चाँडो पुग्ने हाइपरसोनिक मिसाईल परीक्षण गरेको थियो । 

अन्तर्राष्ट्रिय प्रतिबन्धकाबाबजुद उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य प्रविधिमा तीब्र प्रगति गरेका छन् । गत साता मात्र उत्तर कोरिया र अमेरिकाबीचको तनाबको मुख्य कारक वासिंगटन भएको किमले आरोप लगाएका थिए । उत्तर कोरियाले अमेरिकालाई कहिल्यै पनि शत्रुतापूर्ण दृष्टिकोण नराखेको उनको भनाई थियो ।

अमेरिकी दूतले प्योङयाङसँग वार्ताको प्रस्ताव गरिरहेका बेला उत्तर कोरियाले पछिल्लो परीक्षण गरेको हो । ‘एक अर्को देशबीच समझधारी बढाउन हामी उत्तर कोरियासँग वार्ता गर्न चाहन्छौं’, उत्तर कोरियाका लागि अमेरिकी दूत सुङ किमले भने । 

कोरियाली नेता किमले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तीन पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले आफ्नो शासन कालमा उत्तर कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने वारम्बार बताए पनि सफल हुन सकेका थिएनन् । उत्तरलाई निशस्त्र पार्ने विषयमा वर्तमान राष्ट्रपति जो बाईडेनले कूटनीतिलाई तीब्रता दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई