‘इन्शाल्लाह’ मा ऋतिक रोशनसँग आलिया भट्टको जोडी

साझासवाल
2 Min Read

कात्तिक ५, काठमाडौं | सञ्जयलीला भन्साली पछिल्लो समय पिरियड ड्रामा जनरका फिल्म बनाइरहेका छन् । यद्यपि उनको लभस्टोरीलाई दर्शकले प्रतीक्षा गरिरहेको लामो समय भइसकेको छ । किनकि देवदास, हम दिल दे चुके सनम जस्ता लभस्टोरी सिनेमा उनले दर्शकसमक्ष ल्याइसकेका छन् ।

यिनै सञ्जयले केही समय अगाडि 'इन्शाल्लाह’ निर्देशनसँगै निर्माण गर्ने घोषणा गरेका थिए । घोषणा गरिएको स्टारकास्ट सलमान खानसँग कुरा नमिल्दा फिल्मको काम अझै सुरु हुन सकेको छैन । सलमान पनि अन्य प्रोजेक्टमा व्यस्त छन् । सञ्जयले आलिया भट्टलाई लिएर 'गंगुवाई कठियावाडी' निर्देशन गरिसकेका छन् । उनी अहिले नेटफ्लिक्सका लागि 'हिरामन्डी' सिरिज बनाउने तयारीमा छन् ।

यसपश्चात उनी रोकिएको प्रोजेक्ट 'इन्शाल्लाह' को काम अगाडि बढाउने तयारीमा छन् । उनले फिल्मका लागि 'गुजारिस' मा सँगै काम गरेका अभिनेता ऋतिक रोशनसँग कुराकानी अगाडि बढाएका छन् ।

पछिल्लो समय एक्सन र सोसल ड्रामा फिल्ममा देखा परिरहेका ऋतिक पनि लभस्टोरी फिल्म दर्शकसमक्ष ल्याउन चाहन्छन । दर्शकका लागि पनि ऋतिक र आलियाको जोडी फ्रेस हुनेछ । आलिया पछिल्लो समय सञ्जयको निकट अभिनेत्री बन्दैछिन् भने ऋतिकलाई पनि लभस्टोरी मन परेको छ ।

पछिल्ला फिल्महरूमा सञ्जयको कन्टेन्ट बलियो देखिएको छ । यसैले गर्दा पनि बलिउडका एक्टर र एक्ट्रेस सञ्जयसँग काम गर्न चाहन्छन । ऐश्वर्या राय, माधुरी दीक्षित, दीपिका पादुकोणको करियरमा सम्झिने फिल्म सञ्जयले दिएका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply