२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईं जसरी श्वास फेर्नुहुन्छ, त्यसरी नै सोच्नुहुन्छ

२०७८, १६ कार्तिक मंगलवार ०२:३४

कात्तिक १६, काठमाडौं | श्वास भनेको अक्सीजन र कार्बन-डाइअक्साइडको आदान-प्रदान मात्रै होइन । तपाईंमा विभिन्न प्रकारका विचारहरू र भावनाहरू आउँदा, तपाईंको श्वासको ढाँचा भिन्न-भिन्न स्वरूपहरूमा बदलिन्छ । तपाईं रिसाउँदा, शान्त हुँदा, खुसी हुँदा वा निराश हुँदा, तपाईंको श्वासमा सोही अनुरूप सूक्ष्म परिवर्तनहरू हुन्छन् । तपाईं जुन तरिकाले श्वास फेर्नुहुन्छ, तपाईं सोही अनुरूप सोच्नुहुन्छ । अनि, तपाईं जुन रूपमा सोच्नुहुन्छ, सोही अनुरूप श्वास फेर्नुहुन्छ ।

आफ्नो शरीर र मनमा थुप्रै कामहरू गर्नको निम्ति, श्वासलाई साधनको रूपमा प्रयोग गर्न सकिन्छ । प्राणायाम एउटा विज्ञान हो, जहाँ सचेत भई निश्चित तरिकाले श्वास फेरिन्छ । यसले हाम्रो सोच्ने र महसुस गर्ने, कुनै पनि कुरालाई बुझ्ने अनि जीवनलाई अनुभव गर्ने तरिका नै बदल्न सक्दछ ।

अहिले प्रायः मानिसहरूले आफ्नो श्वासमा ध्यान दिने अभ्यास गरिरहेको पाइन्छ । यदि मैले तपाईंलाई आफ्नो श्वासमा ध्यान दिनुहोस् भनेँ भने, तपाईंलाई यस्तो लाग्छ कि तपाईं आफ्नो श्वासमा ध्यान दिइरहनु भएको छ । तर, तपाईं हावाको गतिबाट उत्पन्न हुने संवेदना मात्रै महसुस गर्न सकिरहनु भएको हुन्छ । यो के जस्तो हो भने, जब कसैले तपाईंको हात स्पर्श गर्दछ, तपाईंलाई लाग्छ कि तपाईं अर्को व्यक्तिको स्पर्शलाई जान्नुहुन्छ । तर, वास्तवमा तपाईंले आफ्नै शरीरमा उत्पन्न हुने संवेदना वा अनुभूति मात्रै जान्नुभएको हुन्छ; अर्को व्यक्तिले कस्तो महसुस गरिरहेको छ भनेर जान्नुभएको हुँदैन ।

श्वास भनेको देवत्वको हात जस्तै हो । तपाईं यसलाई महसुस गर्नुहुन्न । यो हावाबाट उत्पन्न हुने संवेदना होइन । तपाईंको अनुभवमा नभएको त्यो श्वासलाई कुर्म नाडी भनिन्छ । यो तार जस्तै हो, जसले तपाईंलाई यो शरीरसँग बाँधेको हुन्छ— एउटा सग्लो तार, जुन निरन्तर चलिरहन्छ । यदि मैले तपाईंको श्वास खोसेँ भने, तपाईं र तपाईंको शरीर अलग-अलग हुनेछन्, किनकि जीव र शरीरलाई कुर्म नाडीले बाँधेको हुन्छ । यो एउटा ठूलो छल हो । यहाँ दुईजना छन्, तर एक भएको ढोँग गरिरहेका हुन्छन् । यो विवाह जस्तै हो— त्यहाँ दुईजना हुन्छन्, तर जब उनीहरू बाहिर आउँछन्, एक भएको नाटक गर्छन् ! यहाँ पनि दुईजना छन्, शरीर र जीवन, जो एक-अर्काको पूर्णतया विपरित हुन्, तर एक भएको ढोँग गर्दछन् ।

यदि तपाईं श्वास हुँदै आफूभित्र गहिराइसम्म, श्वासको सबैभन्दा गहिरो केन्द्रसम्म जानुभयो भने, यसले तपाईंलाई त्यस बिन्दुसम्म पुऱ्याउनेछ, जहाँ तपाईं वास्तवमा शरीरसँग बाँधिनुभएको हुन्छ । एकपटक जब तपाईं यो जान्नुहुन्छ कि तपाईं कहाँ र कसरी बाँधिनुभएको छ, तपाईंमा इच्छा भएमा त्यसलाई खोल्न सक्नुहुन्छ । तपाईं जति सजिलोसँग आफ्नो कपडा फुकाल्नु हुन्छ, त्यति नै सहजताले सचेत भई आफ्नो शरीर त्याग्न सक्नुहुन्छ । जब तपाईंलाई आफ्नो कपडा कहाँ बाँधिएको छ भनेर थाहा हुन्छ, तब त्यसलाई फुकाल्न सजिलो हुन्छ । जब तपाईं यो जान्नुहुन्न कि त्यो कहाँ बाँधिएको छ, तपाईंले त्यसलाई जतासुकै ताने पनि त्यो निस्किँदैन । तब, तपाईंले त्यसलाई च्यात्नुपर्ने हुन्छ । त्यसैगरी, जब तपाईंलाई आफ्नो शरीर कुन ठाउँमा आफूसँग बाँधिएको छ भनेर थाहा हुँदैन, अनि यदि तपाईं आफ्नो शरीर त्याग्न चाहनुहुन्छ भने, तपाईंले कुनै न कुनै रूपमा त्यसलाई क्षति पुऱ्याउनु पर्ने हुन्छ । तर, यदि तपाईंले यो शरीर कहाँ बाँधिएको छ भनेर जान्नुभयो भने, तपाईंले शरीरसँग स्पष्ट दुरी बनाउन सक्नुहुन्छ । जब तपाईं शरीर त्याग्न चाहनुहुन्छ, तब पूरै चेतन भई शरीरलाई त्याग्न सक्नुहुन्छ । जीवन एकदमै भिन्न हुन्छ ।

जब कसैले आफ्नो इच्छाले पूर्ण रूपमा शरीर त्याग गर्छन्, हामी यसलाई महासमाधि भन्दछौँ । सामान्यतया, यसैलाई मुक्ति वा मोक्ष भनिएको हो । यो समभावको यस्तो अवस्था हो, जहाँ सबैथोक बराबर हुन्छन्; शरीरभित्र जे छ र शरीरबाहिर जे छ, त्यसबीच कुनै अन्तर बाँकी रहँदैन । खेल समाप्त हुन्छ ।

हरेक योगीलाई यसको तीव्र चाहना हुन्छ । चाहे होसपूर्वक होस् वा बेहोसीमा, हरेक व्यक्ति यसैको लागि प्रयास गरिरहेको हुन्छ— मानिसहरू विस्तृत हुन वा फैलिन चाहन्छन्, अनि यो नै विस्तारको चरम रूप हो । कुरा यति मात्र हो कि मानिसहरू किस्ता-किस्तामा अनन्ततर्फ गइरहेका छन्, जुन निकै लामो र असम्भव प्रक्रिया हो । यदि तपाईंले १, २, ३, ४… गर्दै गन्दै जानुभयो भने, तपाईं गनेरै बसिरहनु हुनेछ— तपाईंको गणना कहिल्यै टुङ्गिँदैन । तपाईं कहिल्यै अनन्तसम्म पुग्नुहुने छैन । जब मनुष्यले यसरी अघि बढ्नुको व्यर्थता बुझ्दछ, तब अनन्तसम्म पुग्नको लागि ऊ स्वाभाविक रूपमा आफूभित्र फर्किन्छ— जहाँ, जीवनको प्रक्रियालाई शरीरबाट अलग्याइन्छ ।

-सद्‌गुरुको प्रवचनमा आधारित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ