२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न

५ मंसिर २०७८, आईतवार ०२:५६

मङ्सिर ५, काठमाडौं | यति तपाईं एक्लै हुँदा पनि दिक्क मान्नुहुन्छ भने, अवश्य नै तपाईं खराब सङ्गतमा हुनुहुन्छ ! दिन बित्दै जाँदा, तपाईं दुःखी महसुस गर्नुहुन्छ भने, तपाईं एकदमै खराब सङ्गतमा हुनुहुन्छ ।

तपाईंको आधारभूत प्रश्न यही हो— “मेरो समस्या के हो ? मेरा हात-खुट्टाहरू ठीकै छन्, म देख्न सक्छु, सुन्न सक्छु, सुँघ्न सक्छु, चाख्न सक्छु, फेरि मेरो समस्या के हो ?" हो, त्यही तपाईंको समस्या हो । यो तपाईंलाई तबमात्र थाहा हुन्छ, जब तपाईं एक्लै बस्नुहुन्छ । जब तपाईंको सेरोफेरोमा मानिसहरू हुन्छन्, तपाईं बहानाहरू भेट्टाउनु हुन्छ । यदि तपाईं अरू कसैसँग रहनुहुन्छ भने, त्यसबेला तपाईं सजिलै यो भन्न सक्नुहुन्छ, "यो मान्छे खत्तम छ, त्यसैले म चिढिएको हुँ । ऊ ठीक छैने, यो ठीक छैन, त्यो ठीक छैन ।" तर, जब तपाईं एक्लै बस्नुहुन्छ, अनि तबपनि समस्या जहीँको त्यहीँ रहन्छ भने, अब तपाईंलाई यो समस्याको जड के हो भनेर थाहा हुन्छ ।

एक्लै बस्नु र गल्फ खेल्नु उस्तै-उस्तै

यो गल्फ खेल जस्तै हो । अचेल थुप्रै मानिसहरू गल्फ खेलमा थुप्रै कुराहरू चाहिन्छ, यो अरू खेल जस्तो होइन भनेर बढाइचढाइ गर्छन्— उनीहरू यसको गुणगान गाउँछन् । थुप्रै मानिसहरू यसलाई सबैभन्दा कठिन र असम्भव खेल ठान्छन्, किनकि उनीहरू बललाई हान्न खोज्दाखेरि प्रायः भुइँमा हिर्काउँछन् । त्यसैले, उनीहरू यो खेलमा एकदमै बढी एकाग्रता र ध्यान आवश्यक छ भन्ने सोच्दछन् ।

तर, यदि तपाईंले अरू कुनै पनि खेल हेर्नुभयो भने, ती खेलहरूमा बल तपाईंतर्फ आइरहेको हुन्छ । फरक-फरक वेगहरूमा, फरक-फरक कोणहरूमा अनि फरक-फरक तरिकाहरूले घुम्दै बल तपाईंतिर आइरहेको हुन्छ अनि तपाईंले एक पलमै अनुमान लगाएर त्यसलाई हिर्काउनु पर्ने हुन्छ । यता गल्फमा भने बल त्यहीँ थुचुक्क बसिरहेको हुन्छ ! तपाईंसँग समय नै समय हुन्छ । तपाईं सोच्न सक्नुहुन्छ, उभिन सक्नुहुन्छ, घरी यसरी घरी त्यसरी गर्दै भिन्न-भिन्न स्थितिमा रहन सक्नुहुन्छ— त्यो बल जहीँको त्यहीँ हुन्छ ! यति हुँदा समेत थुप्रै मानिसहरू बलको सट्टा भुईंमा हिर्काउँछन् । एक्लै बस्नु भनेको पनि ठीक त्यस्तै हो । तपाईंले न त पहाड चढ्नु पर्ने हो, न गीत गाउनु पर्ने हो, न त विशाल समस्या समाधान गर्नुपर्ने हो— तपाईंले गर्नुपर्ने भनेको यत्तिकै बस्नु हो । वास्तवमा यही ध्यान हो— केही पनि नगर्नु; यत्तिकै बसिरहनु । यो नै सबैभन्दा सजिलो कुरा हो, होइन र ? तर, तपाईं आफैँ हेर्नुहोस् यत्तिकै एक्लै बस्दा तपाईंलाई कति धेरै कठिनाइ भइरहेको छ !

सबैथोक अनावश्यक रूपमा यति धेरै जटिल देखिनुको कारण के हो भने जसलाई हामी "आफू" भन्छौँ, त्यसमा हामीले ध्यान नै दिएका छैनौँ । यसमा कुनै पनि कुरा जटिल छैन । यो वास्तवमा एउटा सुन्दर यन्त्र हो । यो शान्त हुँदा पनि राम्रो छ, खैलाबैला मच्चाउँदा पनि राम्रो छ । यदि तपाईंले यसलाई ठीकसँग राख्नुभयो भने, यसले दुवै कुरा राम्रोसँग गर्न सक्छ । यदि तपाईंले यसलाई ठीकसँग राख्नुभएन भने, शान्त हुनुपर्ने बेलामा यसले भित्र खैलाबैला मच्चाउँछ, अनि खैलाबैला मच्चाउनु पर्ने बेलामा बाहिर केही पनि निस्किँदैन ।

मूर्खताको लागि कुनै बहाना चल्दैन

तपाईं एक्लै बस्नुपर्छ— यो अपरिहार्य छ । उसलाई मात्रै दिव्यताले साथ दिनेछन्, जसले अरूको साथ खोज्दैनन् ! यदि तपाईंसँग बाँड्नको लागि केही छ भने, त्यो बेग्लै कुरा हो । तर, यदि तपाईं कसैको साथ खोज्दै हुनुहुन्छ भने, दिव्यताले पनि सोच्ने छन् कि "ठीकै छ, उसले अरू कसैको साथ खोजिरहेको छ । अब मेरो आवश्यकता नै छैन !"

मलाई यो कुरा धरै चाँडै अनुभूति भयो— जबसम्म तपाईं एक्लै बस्नुहुन्न, तपाईंले केही पनि जान्नुहुन्न । अरू मानिसहरूसँग रहँदा तपाईं थुप्रै कुराहरू लुकाउन सक्नुहुन्छ । तर, जब तपाईं एक्लै बस्नुहुन्छ, तपाईंले आफ्नो बुद्धिको परीक्षामा खरो उत्रिनुपर्ने हुन्छ, जुन सबैभन्दा भयानक हुन्छ । तपाईं त्यसबाट पन्छिन सक्नुहुन्न । सबैभन्दा उत्तम यही हुन्छ कि तपाईं आफ्नो जीवनमा जतिसक्दो चाँडो सम्भव भएसम्मको कठोर र कठिन परिस्थितिबाट गुज्रिनुहोस् । अन्यथा, तपाईंको उमेर ढल्किँदै जाँदा तपाईं झन् मूर्ख बन्दै जानुहुनेछ । जवान छँदा मूर्ख हुनु ठीकै हो, तर तपाईं मूर्ख रहरै बूढो हुनुहुँदैन । जवान मूर्खलाई सहन सकिन्छ, तर उमेर छिप्पिएका अनुभवी मूर्खहरूका निम्ति कुनै बहाना चल्ने छैन !

- सदगुरुको प्रवचनमा आधारित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की