Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आमाको स्मृतिमा विद्यालय, महासंघ र प्रेस सेन्टरमा अक्षयकोष

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा शर्माकै निवास नारायणपुरमा श्रद्धाञ्जलीसभा गरिएको हो । महासंघले दाङले केन्द्रीय सदस्य शर्मा, शुभेच्छुकहरु हरिप्रसाद रिजाल, लक्ष्मी सुवेदी, श्रीकुमार रिजाल, गणेशप्रसाद रिजाल र अर्जुन रिजालकी आमा लोककुमारी रिजालको निधन भएको १२ दिनमा श्रद्धाञ्जली सभा गरेको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले समयसापेक्षरुपमा मृत्यु संस्कारलाई परिवर्तन गर्दै जानुपर्ने बताएका थिए । त्यस्तै उनीहरुले समाजमा राम्रा प्रतिभा जन्माउन र हुर्काउन आमाको महत्वपूर्ण भूमिका हुने भन्दै सफल आमाले सफल समाज निर्माण गर्नसक्ने बताए ।

स्वर्गीय रिजालले श्रीमान्को निधनपछि पनि बाबुको अभाव खड्कन नदिएर छोराछोरीलाई राम्ररी हुर्काएर शिक्षा दिक्षा दिनसकेको भन्दै समाजमा आमाहरुको उच्च मूल्यांकन गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता तथा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्यसमेत मृतक रिजालका कान्छा छोरा अजयदीप शर्माले आमाको स्मृतिमा तीन वटा अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभयो ।

सिद्धरत्ननाथ उमावि नारायणपुरमा ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ भने नेपाल पत्रकार महासंघ दाङ शाखा र प्रेस सेन्टर दाङ शाखामा ५१र५१ हजारका अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा स्थापना गरिएको अक्षयकोषबाट हरेक बर्ष एक जना टुहुरा अनाथ र एक जना नियमित विद्यालयमा उपस्थित हुने विद्यार्थीलाई पुरस्कृत गरिने छ भने पत्रकारितासम्बन्धी अक्षयकोषबाट बृद्धबृद्धा र असहायको पक्षमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गरिने छ ।

कार्यक्रममा नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतम, प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल, स्थानीय अगुवा माधव पाण्डे र सिद्धरत्ननाथ उमाविका प्राचार्य टोपबहादुर केसीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कान्छा छोरा शर्माले आफूले बुवाको अनुहार देख्न नपाए पनि आमाले आमा र बुवाको अभाव हुन नदिएर हुर्काएको स्मरण गर्दै जीवनका अन्तिम क्षणमा आफूले सेवा गर्ने अवसर पाएको भावानुभूति सुनाउनुभयो । कार्यक्रम सञ्चालन महासंघ दाङका सचिव गजेन्द्र बोहराले गर्नुभएको थियो ।