सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगं"/>
2026-09-18 11:04 PM
दाङ्ग - DNG

तीजको गीतबाटै संविधान कार्यान्वयन र महिला अधिकारमा जोड

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगंहवामा गाविस स्तरिय तीज बिशेष प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

समाजकल्याण मूल समिती राजपुर, जानकी महिला विकास बचत तथा ऋण सहकारी संस्था राजपुर—५ जगंरहवा, दक्षिण देउखुरी अधिकार मञ्च गढवाको आयोजना एवम् आस्था परियोजना सिसा नेपालको सहयोगमा भएको तीज गीत प्रतियोगितामा राजपुर गाविस भरिबाट ५ वटा समूहले भाग लिएका थिए । 

कार्यक्रममा सहभागी प्रतियोगीहरुले तीज गीतको माध्यमबाट संविधान जारी भए पनि हामीलाई केही फरक नभएको, राष्ट्रपति, सभामुख, न्यायधिस महिला नै भए पनि हामी अधिकार पाउन नसकेको, महिला धर्तीका आधा हिस्सा भए पनि महिलाहरु महिलाबाटै पिडित भईरहेका र महिला हिंसाका घटनामा कुनै कमी नआएको गुनासो व्यक्त गरेका छन् । 

उनीहरुले महिलाले पनि देश चलाउन सक्षम रहेकोले चुकोचौला छाडेर अधिकारका लागि सबै महिला एक जुट भएर लाग्नु पर्ने, महिलाले चाहे देशमै आमूल परिवर्तन गर्न सक्ने समेत तीज गीत मार्फत व्यक्त गरेका थिए । प्रतियोगितामा दियालो आमा समूह राजपुर—४ महतिनिया खोला प्रथम, ज्योति समूह राजपुर—२ राईनियाँ दोस्रो र लालीगराँस महिला समूह राजपुर—३ र ९ तृतीय भएका छन् । 

जानकी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष धनपति यादवको अध्यक्षता एवम् दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कँवरको प्रमुख आतिथ्य तथा मञ्चकै संस्थापक अध्यक्ष रामप्रताप यादवको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । 

सहकारी संस्थाकी व्यवस्थापक मायारुपी चौधरीको स्वागत गीतबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका महेश रिजाल, प्रहरी चौकीका प्रहरी ,सहायक निरिक्षक नरबहादुर खड्का, राजपुर गाविस कार्यालयका सहायक तथा सुचना अधिकारी साधराम यादव,  मनिहवा सामुदायिक वनका अध्यक्ष भोगेन्द्र सिंह, वार्ड नागरिक मञ्चका अध्यक्ष रामबरण यादव, सिसा नेपालकी सहजकर्ता राधा यादव, पारालिगल कमिटीकी अध्यक्ष सिता योगी, समाजकल्याण मूल समितीकी अध्यक्ष लालसरी हमाल, देउखुरी टुडे साप्ताहिकका प्रकाशक÷सम्पादक सन्तोषकुमार गुप्ता, दलित संघकी रिता विक र स्थानिय कलाकार रेकबहादुर बुढा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रमको सञ्चालन राजपुर गाविसकी समाजिक परिचालक मिना चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई