४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

हाेलीमा सुन्न छाडियो मौलिक गीत जोगिरा

४ चैत्र २०७८, शुक्रबार ०७:५७

मोहम्मद हबिब । चैत ४, भैरहवा । शुक्रबार तराईमा होली मनाइँदै छ ।  तर होलीमा मौलिकता र संस्कृति छैन । भैरहवासहित तराई क्षेत्रको होलीमा अहिले डिजे, भोजपुरी तथा अश्लील गीतहरू गुन्जिरहेका छन् ।

पुस्तानन्तरण अभाव र युवाहरूले देखासिकीले होलीको मौलिक गीतहरू हराउँदै गएका छन् । होलीको मुख्य गीतको रूपमा रहेको जोगिरा लोप हुने अवस्थामा छ । गाउनेकाे संख्या न्यून भएकाे र नयाँले यसमा चासो नदिएकाले लोप हुने अवस्थामा पुगेको हो । मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फु) का तालमा सुनिने जोगिरा गीत अहिले कतै कतै मात्र सुन्न पाइन्छ । 

रङ र अबिरमा मात्र सीमित रहेको होली मुख्यत: आपसी सद्भाव, भ्रातृत्व र उमंगको प्रतीकको पर्व हो । यो पर्वले सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन पनि मनाइन्छ । होलीमा फगुवा गीत गाउने, सम्मवत जलाउने, गाउँभरिको घरघरमा गएर एक आपसमा रंग दल्ने, मिलन गर्ने, मटका फोड्नेलगायतको गतिविधि होलीको दिन वर्षको एकपटक देखिन्थ्यो । तर यस वर्ष यी दृश्यहरू नदेखिएको स्थानीय शिवप्रसादले बताए।


जोगिरा लोप हुँदै गएको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपलिकाले होली मिलन समारोह गरेर संस्कृतिको संरक्षण गर्ने प्रयास गरेकाे छ । नगरपालिकाले कर्मचारी, स्थानीय, जनप्रतिनिधि, संघसंस्थाको प्रतिनिधित्व, नगरवासीको उपस्थिति गराएर लोपन्मुख जोगिरासहित होलीको इतिहासलाई सम्झाएको छ । ‘जोगिरा भनेको स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दु:ख-सुख व्यक्त गर्ने एक ठाउँ हो । अहिलेको पुस्ताले यसलाई बिर्सिदै गएकाे छ । यसकाे संरक्षणमा हामी आफै लाग्नुपर्छ,’ स्थानीय वीरेन्द्र मिश्राले भने । 

लुम्बिनी सांस्कृतिक विरहा समूहले लुम्बिनीमा जोगिरा गाए पनि रुपन्देहीको अन्य क्षेत्रमा यसबारे जानकारीसमेत छैन । ‘विशुद्ध रूपमा ग्रामीण होलीको महत्वसहित गाइने गीतको रक्षा गर्नुपर्छ हामीले अन्य समयमा विरहा गाएपनि स्मरणका लागि यस वर्ष जोगिरा गाएको यसलाई संरक्षण गर्न सबै पक्ष लाग्नु पर्छ,’ समूहका गायक राधेश्याम पालले भने । जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाका लागि लुम्बिनी सांस्कृतिक विरहा समूह पनि लागेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता