Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि हमला

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ६, काठमाडौँ । आज २० मार्च २०२२  । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

इराकमाथि हमलाः

सन् २००३ को २० मार्चदेखि अमेरिकाले इराकमा हमला गरेको थियो । सन् २००३ देखि सन् २०११ सम्म भएको उक्त हमलामा बेलायत, अस्ट्रेलिया र पोल्यान्डले सहयोग गरेका थिए । राष्ट्रसंघले अबैधानिक भनेको उक्त सो युद्धमा हजारौँ इराकीको मृत्यु भएको थियो ।

इराक हमलामा ४ हजार ४३१ अमेरिकी मारिएका थिए । अमेरिकामा सेप्टेम्बर ११ को अतिवादी हमलापछि तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस प्रशासनको अतिवादीविरुद्धको लडाइँको एउटा अंशको रुपमा सो युद्ध भएको थियो । यद्यपी सो हमला र इराकबीच कुनै सम्बन्ध थिएन ।

टोकियो सबवेमा विषाक्त ग्यास

सन् १९९५ मा जापानमा अतिवादीले टोकिाये सबवेमा विषाक्त ग्यास चुहावट गरिदिएका थिए । धार्मिक समूह अम  शिनरिक्योका सदस्यहरूले विभिन्न रेलहरूमा घातक सारिन चुहाउने कन्टेनरहरू राखेपछि १२ जनाको मृत्यु भएको थियो भने  हजारौँ घाइते भएका थिए।

सापेक्षतावादको सिद्धान्त प्रस्तुत

सन् १९१६ मा सापेक्षतावादको सिद्धान्त प्रस्तुत गरेका थिए । क्रान्तिकारी सिद्धान्तले एकातिर पदार्थ र अर्कोतिर स्थान र समयको अन्तरनिर्भरताको वर्णन गर्दछ । यो भौतिकशास्त्रमा सबैभन्दा प्रभावशाली सिद्धान्तहरू मध्ये एक हो।

अमेरिकी गृहयुद्धको दृश्य तय गरेको पुस्तक

सन् १८५२ मा अमेरिकी लेखिका ह्यारिट बिचर स्टोवीले अकंल टोम्स केबिन नामक कथा प्रकाशन गरेकी थिइन् । दासत्व विरोधी सो कथाले अमेरिकी गृहयुद्धको लागि दृश्य तय गर्न महत्वपूर्ण भूमिका  भूमिका खेलेको थियो ।