रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो बाढीले सदरमुकाम परासी बजारमा तीन देखि चार फिट पानी पसेको थियो ।

त्यो बाढीले घरेलु तथा साना उद्योगको प्रवेश पुल, गेट, भवन लगायतमा ठुलो क्षति पुर्याउनुको साथै पुल र भवन भत्किएको थियो हाल त्यसको मर्मत नभएपछि सेवाग्राहीहरु तथा कर्मचारी कार्यालय आउन जान सास्ती झेल्नु परेको छ भने सम्बन्धित निकाय मौन रहेको आरोप सेवाग्राही र कर्मचारीले लगाएका छन ।

घरेलु तथा साना उद्योग नवलपरासीका नायक सुब्बा माधव लाल गुप्ताले सम्बन्धित निकायबाट ढिलासुस्ती भएको दाबी गर्दै कार्यालयले पटक पटक घरेलु तथा साना उद्योग विभाग केन्द्र, दैविक प्रकोप उद्धार समिति नवलपरासी, सहरी डिभिजन कार्यालय चितवन र भवन अवास तथा सहरी विकास कार्यालय भरतपुर मा जानकारी गराउदा पनि भन्दै आलटाल भइरहेको सो कार्यालय का एक कर्मचारीले बताएका छन ।

उता जिल्ला विकास समिति नवलपरासीका एलडिओ लालकृष्ण शर्मा पौडेल ले मर्मतको प्रक्रिया चलिरहेको बताउदै छिटै नै बन्ने विश्वास गर्नु भएको छ । सेवाग्राही र कर्मचारीले आ-आफ्नो सवारी साधन बाटोमा नै पार्किङ गर्दै आउदा सडक दुर्घटना हुन सक्ने आशंका गरिएको छ ।