Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१० वर्षे लामो पत्रकारिता छाडेर बाख्रापालन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् ।

नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उनि तीन वर्षदेखि बाख्रापालन गर्दै आएका छन् । उनले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म सञ्चालन गरेका हुन् । “बोका तथा पाठीको माग अत्याधिक छ,” ३५ वर्षीय लम्सालले भने ।

करिब रु ११ लाखको लागतमा ५० वटा माउ बाख्रा राखेर सुरु गरेको फार्ममा अहिले ७५ बाख्रा रहेका छन् । विशेष गरी स्थानीय खरी जातका माउ बाख्रा र बोयर, जमुनापारी र बारबरी जस्ता उन्नत जातका बाख्राको क्रसबाट बोका तथा पाठी उत्पादन गरी उनले  बिक्री गर्दै आएका छन् ।

बोयरको क्रसबाट उत्पादन भएको बीउ बोकाको मूल्य प्रतिकिलो रु ६०० र बारबरीबाट उत्पादन भएको बीउको मूल्य प्रतिकिलो रु ५०० निर्धारण गरिएको छ । यहाँ उत्पादन भएका बीउ बोका तथा पाठी जिल्लाका फेदीखोला, अर्जुनचौपारी, वालिङ, स्याङ्जा तथा स्थानीय ठाउँमा नै खपत हुने गरेको छ ।

“वार्षिक रु पाँच लाखसम्म आम्दानी हुन्छ,” लम्सालले भने, “यस पेसाबाट म पूर्णरुपमा सन्तुष्ट छु ।” विदेशी भूमिमा पसिना बगाउनका लागि विमानस्थलमा दैनिक युवाको लर्को लागिरहेको देख्दा दुःख लाग्ने गरेको तथा स्वदेशमै राम्रोसँग बुझेर जुनसुकै पेसा थालनी गरे पनि सफल भइने उनको धारणा छ । रासस