२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

‘रेडियो सरगम’ एफएमको उद्घाटन

२०७३, ११ आश्विन मंगलवार ०६:५४

असोज ११, लाहान । सिराहाको लहानबाट आजदेखि ‘रेडियो सरगम’ एफएम ९३ मेगाहर्जको नियमित प्रसारण सुरु भएको छ । 

शेख मिडिया हाउसद्वारा लहान नगरपालिका–८ मा सञ्चालित एफएमको नियमित प्रसारणको एक कार्यक्रमका बीच प्रेस चौतारी नेपालका महासचिव राजेश राईले उद्घाटन गर्नुभयो । यससँगै लहानमा एफएम रेडियोको सङ्ख्या पाँच तथा सिरहा जिल्लामा आठ पुगेको छ । यसअघि लहानबाट ‘रेडियो सौगात’, ‘रेडियो समग्र’, ‘रेडियो समाद’ र ‘रेडियो फूलबारी’ प्रसारण हुँदै आएको छ । 

सो अवसरमा महासचिव राईले रेडियो एफएमको विकाससँगै मुलुकमा पछाडि परेका समुदायका आवाज राज्यसम्म पुग्न लागेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

शेख मिडिया हाउसका अध्यक्ष फिरोज शेखको अध्यक्षतामा आयोजित एफएम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सिरहाका पूर्वसभापति तथा ‘रेडियो सौगात’का सञ्चालक दिनेश्वर गुप्ता, पत्रकार सुरेन्द्रप्रसाद गुप्ता र ‘रेडियो समग्र’ एफएमका अनुज राउतलाई सम्मान गरिएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ