असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ"/>
2026-07-25 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैं–तिहारमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस कलसहित भारी छुट

असोज १३, काठमाडौ । नेपाल टेलिकमले दशैं–तिहारको अवसरमा आफ्ना सेवाहरुमा भारी छुट दिने भएको छ । टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड, पोस्पेड सेवामा निशुल्क निःशुल्क भ्वाइस तथा एसएमएस सेवा प्रदान गर्ने भएको हो ।  नेपाल टेलिकमले दिएका सुविधाहरु यसप्रकार छन् ।

डाटा अफर: जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा डाटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था टेलिकमले गरेको छ । 

आगामी असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म एकसय एमबीको डाटा ५० रुपियाँ र २ सय ५० एमबीको डाटा एकसयमा उपलब्ध गराउने छ । एक सय एमबी डाटाको अवधि ५ दिन सम्म र २ सय ५० एमबी डाटाको अवधि १० दिनसम्म रहने छ । 

सो अवधिमा डाटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन् ।

नाइट डाटा अफर: टेलिकमले जीएसएम तथा सीडीएमए दुवैमा नाइट डाटा अफर पनि उपलब्ध गराउने भएको छ । 

सो अनुसार राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा प्रयोग गर्न सकिने छ । यी डाटा भोल्युमको अवधि क्रमशः ७ दिन र १५ दिन हुनेछ । नाइट डाटा अफर आगामी असोज १५ देखि ३ महिनासम्म उपलब्ध हुने छ ।

भ्वाइस कलमा छुट: कम्पनीले जीएसएम तथा सीडीएमए मोबाइल सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा विद्यमान महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराएको छ । 

सो अनुसार प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ । उक्त छुट आगामी असोज २२ देखि असोज २९ गते सम्म र कात्तिक १४ देखि २१ गतेसम्म उपलब्ध गराएको छ ।

एसएमएस अफर: जीएसएम तथा सीडीएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैयाँ भएकोमा आगामी असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० प्रतिशत छुट उपलब्ध गराउने छ ।

स्थानीय टेलिफोनमा थप सय कल निःशुल्क: कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा पीएसटीएन, सडिएिमएमा २ रुपैयाँमा १७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा २०७३ असोज र कात्तिक महिनाको मासिक महसुल २ सय रुपैयाँमा थप एकसय लोकल कल उपलब्त्र गराउने छ । सो अनुसार अब असोज र कात्तिक महिनामा १७५ मा एकसय कल थप गरी २७५ लोकल गर्न सकिने छ ।

एडीएसएल, वाइम्याक्स, एटीटीएच सेवामा भ्यालिडिटी थप: यी सेवाका ग्राहकलाई समय थप गरिने पनि कम्पनीले जनाएको छ । 

एडीएसएल र वाइम्याक्स ग्राहकको हकमा डाटा भोलुम बाँकी भएको तर भ्यालिडिटी सकिएको खण्डमा समय थप गरिने भएको छ । सो अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने भएको छ ।

जीएसएम प्रिपेड तथा सीडीएमए प्रिपेडमा एमपोस सिस्टमबाट एक सय तथा त्योभन्दा वढी माथिको दरको रिचार्ज गर्दा १० प्रतिशत टक टाइम बोनस उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक