२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा ग्रामीण क्षेत्रका विद्यालयमा पनि प्रोजेक्टरबाट पढाइ

२०७३, १८ आश्विन मंगलवार ०५:३०

गोपाल प्रसाद पोखरेल, असोज १८,  मोरङ । मोरङको ग्रामीण क्षेत्रका आधा दर्जनभन्दा बढी सरकारी विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएका छन् । 

सरकारी विद्यालयको पढाइ राम्रो हुन्न भन्ने मान्यतालाई मोरङको ग्रामीण भेगका सरकारी विद्यालयले गलत सावित गरिदिएका छन् । पठनपाठनलाई प्रविधिसँग जोड्दै आधुनिक शिक्षा प्रणाली अपनाएका कारण ती विद्यालयले सफलताको शिखर चुम्न सकेका हुन् । 

मोरङको झोराहाटको सरस्वती उच्च मावि, लखन्तरीको बेगनलाल निमावि, हरैँचाको जनता उच्च मावि, डङ्गाहाको लक्ष्मी मावि, शिशवनीबहडराको सरस्वती मावि, भौडाहाको लक्ष्मी निमावि र बैजनाथपुरको सार्वजनिक माविले तल्लो कक्षाको पढाइसमेत कम्प्युटर र प्रोजेक्टरबाट गर्न थालेका हुन् । 

सूचना प्रविधिलाई जोडेर पढाउने गरेका कारण पढाइप्रति विद्यार्थीको आकर्षण निकै बढेको छ । झोराहाटस्थित सरस्वती उच्च माविका प्राचार्य अशोक लुइँटेल भन्नुहुन्छ, “हामीले नर्सरीदेखि नै विद्यार्थीलाई अडियो भिजुअलको माध्यमबाट पढउने व्यवस्था गरेका छौँ । सो विद्यालयमा विद्यार्थीको सङ्ख्या विगतभन्दा निकै बढेको उहाँको दाबी छ ।” 

बेगनलाल निमाविमा कक्षा ८ मा पढ्दै आएकी विद्यार्थी तालुक सरदारले भन्नुभयो “पहिलो पटक विद्यालयमै कम्प्युटर, प्रोजेक्टर देखेको नत्र देखेकै थिइन । अहिले म आफैँ चलाउँछु ।” उहाँले आफूहरु कम्प्युटर कक्षामा समेत सधैँ पढ्ने गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह