2026-09-07 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साझा सबालले ल्यायो नेपालको सातै प्रदेश समेट्ने नयाँ मोबाइल एप्स


माघ १०, काठमाडौँ | साझा सबाल मिडियाले साझा सबाल डट कमको देशभर समेट्ने गरि नयाँ मोबाइल एप सोमबार सार्वजनिक गरेको छ । काठमाडौँमा एक बिशेष कार्यक्रम मार्फत सार्वजनिक भएको ‘साझा सबाल (Sajha Sabal)’ एपमा ७ प्रदेश अन्तर्गत ७५ जिल्लाको आ-आफ्नै समाचार तथा जानकारी हेर्न सकिन्छ  । 

‘साझा सबाल’ एउटा यस्तो बिशेषता भएको एप हो जसको प्रयोगबाट देशभर जुनसुकै प्रदेश/जिल्लालाई छानेर सजिलै आफुले चाहेको जिल्लाको बिभिन्न विधामा समाचार हेर्न सकिन्छ । यो एप हाललाई एण्ड्रोइड मोवाइल प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन । साझा सबालले यस एपलाई अझै बिकसित गर्दै हरेक जिल्लाको समाचार तथा जानकारीहरुलाई सजिलै पहुँचमा राख्ने प्रयास निरन्तर गर्दै थप विकासित गर्दै लाने साझा सबालका सम्पादक अनिल अधिकारीले बताए । 

‘साझा सबाल’को यो एप मुन्चा डटकमको सहकार्यमा तयार भएको हो । कार्यक्रममा बोल्दै मुन्चा डट कमका प्रमुख कार्यकारी संचालक अमृतमान तुलाधरले साझा सबाल मिडियासंग सहकार्य गर्नु गौरवको कुरा भन्दै साझा सबाललाई अझै थप बिकसित बनाउदै लाने घोषणा गरे | उनले भने ‘यो सुरुवात हो, अझै साझा सबालमा हामीले धेरै गर्न बाँकी छ । देशको ७५ जिल्लामा सहजै अनलाइन संचारको पहुँच पुर्याउन साझा सबालले जुन उदेश्य लिएको छ त्यसलाई साकार पार्न हामी प्रयासरत रहने छौं ।

कसरी प्रयोग गर्ने ‘Sajha Sabal’ मोबाइल एप ?

यो एप मोबाइल प्ले स्टोरमा गई ‘Sajha Sabal’ सर्च गरि डाउनलोड गर्न सकिन्छ । मोबाइल डाउनलोड गर्ने तरिका तथा एप्सको बारेमा केहि बिशेषता तलको भिडियोमा हेर्न सक्नुहुनेछ | 

एप लन्च कार्यक्रममा नेपाल सरकार युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले साझा सबालले ७५ जिल्लालाई समेटर नितान्त नवीनतम एप्स निर्माण गरेको भन्दै बधाई दिए । उनले भने ‘साझा सबाल एप मार्फत सोंगो देशको संचार समेट्ने नितान्त नयाँ प्रयास भएको रहेछ, एप प्रभावकारी छ, युवा परिषद आगामी भविष्यमा साझा सबालको टिमसँग समन्वय गर्न चाहन्छ ।’ कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका ढुंगेलले देश समय अनुसार चलन नसक्दा पछाडी परेको जिकिर गरे । उनले भने ‘हामी समय पालक भएनौं र संसारमा समय पालना नगर्नेलाई सजाय दिने कुनै अदालत पनि छैन । जताततै ढिला सुस्ती छन् जसको कारण देशको बिकासले फड्को मार्न सकेको छैन । अब पत्रकारिता गर्नेले यस्ता ढिलासुस्तिको पर्दाफास गर्नुपर्छ ।’ समय पालना नगर्नु पनि भ्रष्टाचार नै भएको बताउंदै उनले कतिपय खराब पत्रकारको कारण पनि देशमा समस्या उत्पन्न भएको बताए । आफूले केहि खराव पत्रकार पनि देखेको भन्दै त्यस्ता पत्रकारहरुलाई प्रश्न गरे ‘कसरी ४/५ बर्षमै काठमाडौँमा पत्रकारको घर बन्छ ? अहिले देश बनाउने पत्रकारिता भन्दा कसैलाई सिध्याउने खेलमा पत्रकारिता प्रयोग भएको छ, पत्रकारिता जस्तो पेशा बार्गेनिङ गर्ने पेशा होइन ।’ 

युवा परिषदको पछिल्लो जानकारी दिंदै ढुंगेलले ‘एक वडा दश युवा उद्धमी उत्पादन’ गर्ने तयारी सहित ७५ जिल्लामै कार्यक्रम गरिएको बताए । उनले भने ‘अहिले १६ बर्षदेखि ४० बर्ष उमेरका १ करोड ७ लाख युवा छन् जस मध्ये हरेक बर्ष ५ लाख ३८ हजार विदेश जान्छन । जसमा पनि ७४ प्रतिशत युवा बिना सिप बिदेसिन्छन् । देशमा युवाको अवस्था बिकराल छ, युवा परिषदले अबको ४ बर्षमा देखिनेगरि युवा उद्धमीहरुको उत्पादन गर्ने योजना बनाएको छ ।’ 

त्यस्तै कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्कीले नयाँ प्रबिधिको उपयोग गर्दै साझा सबालले सार्वजनिक गरेको नयाँ एप्सको शुभकामना व्यक्त गरे । उनले साझा सबालले लामो समयदेखि निकटदेखि बिकटसम्मका जनताको समाचार सम्प्रेषणमा योगदान गरेको भन्दै धन्यवाद दिए । उनले भने – ‘जसले जनतालाई सहि सूचना दिन सक्छ त्यो नै असल पत्रकारिता हो । असल पत्रकारिताको अभ्यास साझा सबाल डट कमले गर्दै आएको र अझै यसमा तल्लिन रहन म साझा सबाल मिडियालाई अनुरोध गर्दछु ।’ एक फरक प्रसंगमा अध्यक्ष कार्कीले पछिल्लो पटक खुलेका धेरै अनलाइन मिडियाले पत्रकार आचारसंहिता उल्लघंन गरेको भन्दै त्यस्ता अनलाइनलाई काउन्सिलले कारबाही गर्ने बताए ।

काठमाडौँको माकालबारीस्थित जया बहुमुखी क्याम्पसको हलमा आयोजित कार्यक्रम साझा सबाल मिडिया, सकारात्मक बिकास केन्द्र र प्रगतिशील महिला समाज नेपालको संयुक्त रुपमा आयोजना गरेका हुन् | कार्यक्रममा १ महिने उद्घोषण कार्यक्रमको समापन सहित प्रमाणपत्र वितरण गरिएको थियो | कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, विशिष्ट अथिति प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्ण बहादुर कार्की, काठमाडौँ क्षेत्र नम्बर ३ का प्रत्यक्ष निर्वाचित सांसद रामेश्वर फुयाल, मुन्चा डट कमका प्रमुख कार्यकारी संचालक अमृतमान तुलाधर लगायतको सहभागिता रहेको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित