११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६ सय ५१ म्यानपावरले फ्री भिसा र टिकटको विवरण बुझाए, कति चल्ला बार्गेनिङ्ग ?

४ बैशाख २०७४, सोमबार ०९:४०

वैशाख ४, काठमाडौं । बैदेशिक रोजगार बिभागले म्यानपावरहरुलाई पटक-पटक विवरण बुझाउन ताकेता दिएपछि ६ सय ५१ म्यानपावरले बिभागमा विवरण पेस गरेका छन् । 

बिभागले ३ पटक समय दिएर विवरण मागेकोमा २ सय भन्दा बढी म्यानपावरहरुले भने कामदारको विवरण पेश गर्न अटेर गरेका छन् । बिभागले तेश्रो पटकसम्म दिएको समय सिमा आइतबार सकिएपनि केहि म्यानपावरले बिबरण पेस गरेका छैनन् । नेपालमा अहिले ७५० भन्दा बढी म्यानपावर सक्रिय रुपमा संचालित रहेकोमा ६ सय ५१ म्यानपावरले मात्र फ्री भिसा र टिकटको विवरण बुझाएको बिभागले जनाएको छ ।

कुन-कुन म्यानपावरले विवरण बुझाएनन् भन्ने बारेमा बिभागले केहि समयपछी सार्वजनिक गर्न सकिने जनाएको छ । बिभागले अझै म्यानपावरले विवरण पेस गर्न सक्ने समेत जनाएको छ । विभागले पाएको विवरणलाई छानबिन गर्न समेत सुरु गरेको बताएपनि छानबिन पछी नियमसंगत संचालित नभएका म्यानपावरलाई कस्तो कारबाही गर्ने भन्ने बारे भने कुनै निर्णय लिएको छैन । 

विभागले मागेको विवरण अनुसार कामदारको विवरण, देश, कम्पनी, सेवा शुल्क बापत उठाएर बैंकमा जम्मा भएको रकम, विदेशी कम्पनीले टिकटबापत दिएको रकम र हवाइ टिकट र कादार पठाएको एयरलाइन्सको सबै विवरण पेस गर्नु पर्ने हुन्छ ।

कति चल्ला बार्गेनिङ्ग ?

म्यानपावरले बुझाएको विवरण अनुसार झुटा भए बिभागए एन/नियम अनुसार कारबाही गरिने बताएपनि कतिपयले यसमा बिभागकै केहि कर्मचारीको बार्गेनिंग समेत चल्नसक्ने आशंका गरेका छन् । निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन नभएको गुनासो आएपछी बिभागले विवरण मागेको थियो तर कागजी रुपमा नदेखाई म्यानपावरले विदेश जानेसँग पैसा अशुल्ने कुरा बिभागले थाहा भए-नभएझै गरेको छ । लाखौ असुलेर म्यानपावरले १० हजारको मात्र कागजी प्रमाण दिन्छन् भन्ने कुरा बिभागका हरेक कर्मचारीलाई थाहा छ तर विभागसँगै म्यानपावरहरुको मिलिमतो हुने कारणले उक्त बिषयमा बिभाग थाहा नभएझैँ मौन छ ।

पछिल्लो समय बिभागले मागेको विवरण मिलाउन लगभग सबैजसो म्यानपावरलाइ हम्मे-हम्मे परेको छ । अधिकांश म्यानपावरले लेखापढी गर्नेहरुलाई पैसा खुवाई विवरण बनाएका छन् भने केहि म्यानपावरले भने अझै विवरण बुझाउने कुरामा अन्यौलता भएपछी विवरण नै पेस गर्न सकेका छैनन् । बिभागले एक्कासी सोच्दैनसोचेको विवरण मागेपछी केहि म्यानपावरहरु भने ब्यबसायनै गुम्ने डरमा छन् । 

एक म्यानपावर ब्यबसायीले विवरण बारे हाम्रो प्रश्नमा विवरण नबुझाएपनि हुने र बिभागले केहि गर्न नसक्ने दावी गरे । उनि जस्तै केहि ब्याबसायीहरुले बिभागले विवरणको नाममा म्यानपावरसँग पैसा अशुल्दै कमाउने नयाँ तरिका अपनाएको आरोप लगाउने गरेका छन् । यस बिषयमा अझै स्पष्ट के पनि छ भने किन २०० भन्दा बढी म्यानपावरले अझै विवरण बुझाएका छैनन् ? विवरण नबुझाउने म्यानपावर कुन-कुन हुन्, बिभागले किन सार्वजनिक गरेको छैन ? किन तिनीहरुलाई बिभागले समयसिमा सकिदासम्म कुनै कारबाही गर्ने नीति लिएको छैन ? अचम्मको बिषय छ । 

कागजी रुपमा १० हजारको रसिद थमाएर लाखौँ लुट्ने बानी परेका म्यानपावरले कस्तो विवरण बुझाए ? बिभागले कसरी त्यस्ता विवरणलाई पास गर्छ ? पास नहुने म्यानपावरलाई कस्तो कारबाही होला ? पत्याउनै नसकिने विवरण पास गराउन कतिसम्मको बार्गेनिङ्ग चल्ला ? त्यो भने हेर्न बाँकी छ । 

हामी निरन्तर यस बिषयको खोजमा रहनेछौं…. 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा