१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा अतिक्रमण गरियक जग्गा खाली गर्न नगरपालिकाको आग्रह

५ आश्विन २०७४, बिहीबार ११:००

असोज ५, बाजुरा। विभिन्न ठाउँमा सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी लगाइएका घर तथा टहरा तत्काल हटाउन बाजुराको बडीमालिका नगरपालिकाकाले सम्बन्धीत सबैमा आग्रह गरेको छ । 

सडक विस्तार गर्नका लागि सार्वजनिक सडक र ऐलानी जग्गा अतिक्रमण गरी घर तथा टहरा निर्माण भएकाले त्यसलाई हटाउन नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर सो आग्रह गरिएको हो । 

नगरपालिकाले मार्तडीको गौडा डिलदेखि जिल्ला प्रशासन कार्यालय अगाडिको खुलामञ्च, जिल्ला वन कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालय र तुफानडाँडादेखि जिल्ला प्रहरी कार्यालय हुँदै गैरीबजार गौडा डिलसम्म सडक निर्माण गर्नका लागि घर–जग्गाधनीले टहरा हटाउन आग्रह गरेको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । 

उहाँले बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धीको आधारभूत मापदण्ड २०७२ अनुसार सडक विस्तार गर्ने भएकाले सरकारी तथा ऐलानी जग्गा अतिक्रमण हटाउनुपर्ने बताउँदै ३० दिनभित्र नहटाइए नगरपालिकाले आफैं नियमानुसार हटाइने प्रक्रिया अगाडी बढाउने विचार व्यक्त गर्नुभयो । 

सडक विकासका लागि नगरपालिकाले यो वर्ष रु चार करोडभन्दा बढी रकम विनियोजन गरिएको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह