२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मिचाह प्रजातिबाट मल बनाउँदै समुदाय

२०७४, ८ आश्विन आईतवार ०६:२१

असोज ८, नवलपरासी। नवलपरासीका सामुदायिक वनका उपभोक्ताले मिचाह प्रजातिका वनस्पतिबाट बायोचार (मल) बनाउने भएका छन् । 

कावासोती क्षेत्रका पाँच सामुदायिक वनमा डार्विन इनिसियटिभको सहयोगमा फेरेष्ट एक्सन र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा बायोचार निर्माण गर्न लागिएको हो । 

वायोचारले वनस्पतिका लागि आवश्यक माटोको सुधार र उर्वराशक्ति वृद्धि गर्ने नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत रवीन्द्र ढकालले बताउनुभयो । “मिचाह वनस्पतिबाट आधुनिक मल वायोचार निर्माण गर्न सकिन्छ । 

यो रासायनिक मलकै हाराहारीमा, अझ त्योभन्दा पनि बढी उपयोगी हुने हाम्रो विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।” पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका विज्ञान तथा प्रविधि सल्लाहकारसमेत रहनुभएका ढकालले भन्नुभयो, “अहिले हामी वायोचार कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे प्रतिनिधिमूलकरुपमा सामुदायिक वनका उपभोक्तालाई तालीम सञ्चालन गरिरहेका छौँ ।” 

मिचाह वनस्पतिलाई पोलेर अँगार (कोइला) निर्माण गरिन्छ र त्यसमा गहँुत मिसाएर वायोचार निर्माण गरिन्छ । वायोचार निर्माणको विभिन्न विधिमध्ये खाडल निर्माण गरेर त्यसमा वायोचार निर्माण गर्ने विधि अहिले सामुदायिक वनका उपभोक्तालाई सिकाइरहेको ढकालले बताउनुभयो । 

यसरी निर्माण भएको वायोचारलाई कृषकले सोझै बारीमा प्रयोग गर्न सक्छन् । वायोचार प्रयोग गर्नु पूर्व र गरिसकेपछि माटोको स्वास्थ्य र उर्वरा शक्तिको जाँच गरिने फरेस्ट एक्सनका लीलानाथ शर्माले बताउनुभयो । 

वायोचार निर्माणबाट स्थानीय उपभोक्तामा रासायनिक मलको खपत कम गराउनाका साथै वन क्षेत्रमा रहेका मिचाह प्रजातिका वनस्पतिको नियन्त्रण हुने नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णबहादुर ठाडाले विश्वास व्यक्त गर्नुभयो । 

कावासोती क्षेत्रको जनकल्याण सामुदायिक वन उपभोक्ता समूह, विष्णुनगर सामुदायिक वन उपभोक्ता समूह, नवदुर्गा सामुदायिक वन उपभोक्ता समूह, पोखरीताल सामुदायिक वन उपभोक्ता समूह र घुमाउरी सामुदायिक वन उपभोक्ता समूहमा वायोचार निर्माण कार्यक्रम शुरु गरिएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने