१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मिचाह प्रजातिबाट मल बनाउँदै समुदाय

८ आश्विन २०७४, आईतवार ०६:२१

असोज ८, नवलपरासी। नवलपरासीका सामुदायिक वनका उपभोक्ताले मिचाह प्रजातिका वनस्पतिबाट बायोचार (मल) बनाउने भएका छन् । 

कावासोती क्षेत्रका पाँच सामुदायिक वनमा डार्विन इनिसियटिभको सहयोगमा फेरेष्ट एक्सन र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सँगको सहकार्यमा बायोचार निर्माण गर्न लागिएको हो । 

वायोचारले वनस्पतिका लागि आवश्यक माटोको सुधार र उर्वराशक्ति वृद्धि गर्ने नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत रवीन्द्र ढकालले बताउनुभयो । “मिचाह वनस्पतिबाट आधुनिक मल वायोचार निर्माण गर्न सकिन्छ । 

यो रासायनिक मलकै हाराहारीमा, अझ त्योभन्दा पनि बढी उपयोगी हुने हाम्रो विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।” पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका विज्ञान तथा प्रविधि सल्लाहकारसमेत रहनुभएका ढकालले भन्नुभयो, “अहिले हामी वायोचार कसरी निर्माण गर्न सकिन्छ भन्नेबारे प्रतिनिधिमूलकरुपमा सामुदायिक वनका उपभोक्तालाई तालीम सञ्चालन गरिरहेका छौँ ।” 

मिचाह वनस्पतिलाई पोलेर अँगार (कोइला) निर्माण गरिन्छ र त्यसमा गहँुत मिसाएर वायोचार निर्माण गरिन्छ । वायोचार निर्माणको विभिन्न विधिमध्ये खाडल निर्माण गरेर त्यसमा वायोचार निर्माण गर्ने विधि अहिले सामुदायिक वनका उपभोक्तालाई सिकाइरहेको ढकालले बताउनुभयो । 

यसरी निर्माण भएको वायोचारलाई कृषकले सोझै बारीमा प्रयोग गर्न सक्छन् । वायोचार प्रयोग गर्नु पूर्व र गरिसकेपछि माटोको स्वास्थ्य र उर्वरा शक्तिको जाँच गरिने फरेस्ट एक्सनका लीलानाथ शर्माले बताउनुभयो । 

वायोचार निर्माणबाट स्थानीय उपभोक्तामा रासायनिक मलको खपत कम गराउनाका साथै वन क्षेत्रमा रहेका मिचाह प्रजातिका वनस्पतिको नियन्त्रण हुने नवदुर्गा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णबहादुर ठाडाले विश्वास व्यक्त गर्नुभयो । 

कावासोती क्षेत्रको जनकल्याण सामुदायिक वन उपभोक्ता समूह, विष्णुनगर सामुदायिक वन उपभोक्ता समूह, नवदुर्गा सामुदायिक वन उपभोक्ता समूह, पोखरीताल सामुदायिक वन उपभोक्ता समूह र घुमाउरी सामुदायिक वन उपभोक्ता समूहमा वायोचार निर्माण कार्यक्रम शुरु गरिएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी