१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

धवलागिरिका ५२ सहकारी खारेज

८ आश्विन २०७४, आईतवार ०९:३४

असोज ८, बागलुङ। पछिल्लो एघार वर्षको अवधिमा धवलागिरि अञ्चलका ५२ वटा सहकारी संस्था खारेजीमा परेका छन् । खारेज हुने सहकारीमा २४ वटा बागलुङका छन् । कारोबार नगरी निष्क्रिय रहेका सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ । 

सहकारी ऐन २०४८ मा कारोबार नगर्ने, वित्तीय विवरण नबुझाउने, लेखापरीक्षण नगर्ने सहकारी खारेज हुने व्यवस्था छ । बागलुङपछि सबै भन्दा धेरै पवर्तका २० सहकारी खारेज भएका छन् । म्याग्दीका सात र मुस्ताङको एउटा मात्र सहकारी खारेज भएको छ । न्यूनतम दुई वर्षभन्दा बढी सयम निष्क्रिय रहेका सहकारी संस्था खारेजीको प्रक्रियामा जाने कार्यालय प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो । 

खारेज भएका सहकारीमा अधिकांश चार वर्षदेखि निष्क्रिय अवस्थामा रहेको उहाँको भनाइ छ । 

आर्थिक वर्ष २०६२÷६३ देखि २०७३÷७४ सम्मको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०६५÷६६ मा सातवटा सहकारी खारेज भएका छन् । उक्त कार्यालयको आँकडाअनुसार वर्षेनी पाँच÷सातवटा सहकारी संस्था खारेज हुँदै आएका छन् । पछिल्लो एक दशकमा १४ वटा बचत तथा ऋण, १८ बहुउद्देश्यीय, तीन कृषि, १० दुग्ध, तीन उपभोक्ता, एक विद्युत्, एक डिजेल मिल, एक जडीबुटी र एक जिल्ला संघ खारेज भएको जनाइएको छ । 

कमजोर व्यवस्थापन भएका, क्षमता बढाउन नसक्ने सहकारी बन्द अवस्थामा पुगी खोरजीमा पर्ने गरेका हुन् । संख्याको तुलनामा गुणात्मक विकास गर्न नसकेको आरोप पनि सहकारी संस्थालाई लाग्ने गरेको छ । 

एकीकरण कार्यविधि २०७० को प्रावधानमा टेकेर धवलागिरि अञ्चलमा पनि सहकारीबीच एकीकरण भइरहेको छ । हालसम्म अञ्चलका १४ वटा सहकारी एकीकरण भएको कार्यालयले जनाएको छ । सवल र सक्षम संस्था निर्माण गर्न, संस्थालाई पूँजी, भौतिक तथा मानवीय संशोधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ÷संस्थाको दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुँदै आएका हुन् । यस अञ्चलमा एक हजार ६१ वटा सहकारी दर्ता छन् ।   रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी