२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको दुर्गम गाउँ धुर्कोटमा अब फ्रि वाईफाई

२०७४, ३ कार्तिक शुक्रबार १०:४३

प्रेम सुनार | कात्तिक ३, गुल्मी | कुनै समय सिडिएमए टेलिफोनले समेत राम्रो संग काम नगर्ने गुल्मीको धुर्कोटमा अव छिट्टै गाउँपालिकाले फ्रि वाईफाई सेवा विस्तार गर्ने भएको छ ।  कार्यभार सम्हालेको सय दिनमा आफुहरुले गरेका कामहरु पत्रकार भेटघाट कार्यक्रममा सार्वाजानिक गर्दै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उनले भने–‘ एक महिना भित्रमा जैसीथोक वरवोटमा रहेको गाउँपालिका वरीवरी फ्रि वाईफाई सेवा जनतालाई दिने गरी काम सुरु भईसकेको छ , क्रमशः वडा कार्यालय वरीपरी पनि फ्रि वाईफाई सेवा दिईने योजनामा लागेका छौं ।’ उनले आफ्नो पार्टी माओवादी केन्द्रको चुनावी घोषणा पत्रमा पनि उक्त कुरा भएको र अन्य राजनैतिक दलबाट निर्वाचित जनप्रतिनिधीहरुको पनि फ्रि वाईफाई सेवा जनतालाई दिन एकमत भएकोले त्यसको प्रकृया   सुरु भई सकेको बताए ।

त्यस्तै सरकारी काम काज अनलाईनबाटै गर्ने गरी काम सुरु भएको समेत पोखरेलले बताए । ‘ प्रत्येक वडामा के काम भई रहेको छ ? त्यो अनलाईनबाटै नियाल्न सकिने, दिनभरीको काम साँझ गाउँपालिकाको कार्यालयमा वडाले रिर्पोटिङ्ग गर्ने अव तथ्याङक कागजमा मात्र होईन अनलाईनमा राख्ने छौं’ उनले भने–‘ नमुना धुर्कोट बनाउने हाम्रो अभियानको यो पनि जिल्लामा एउटा नमुना हो ।’

एककदम अगाडी धुर्कोट, पछ्याउँदै अरु 

जिल्लाका दुई नगरपालिकाले दिन नसकेको फ्रि वाईफाई सेवा उसलाई चुनौती दिदै सुरु ग¥यो धुर्कोट गाउँपालिकाले ।   स्थानिय तह निर्वाचन पछि देश मै पहिलो पटक धुर्कोट गाउँपालिकाले प्रेस संयोजक नियुक्ति गरे पछि अरु पालिकामा पनि नियुक्ति गर्न सुरु गरेका थिए ।

त्यसै गाउँपालिकाले विपन्न परिवारको खरको छानामा टिनको छाना लगाई दिने घोषणा गरेपछि अन्यत्र पनि यो अभियानलाई पछ्याईएको हो ।  सञ्चारकर्मीका रुपमा सदिऔं देखि  गाउँको सेवा गर्दै आएका कटुवालहरुलाई त्यस गाउँपालिकाले देश मैं पहिलो पटक तलव तोके पछि मुसिकोट नगरपालिकाले त्यसको सह्रना गर्दै कटुवालहरुलाई तलन निर्धारण गर्ने भएको छ । अन्यत्र पनि यसवारे वहसको विषय बनिरहेको जनाईएको छ ।

जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये जनप्रधिनिधीहरुले सय दिनमा गरेका काम पत्रकार भेटघाट गरेर सार्वजानिक गर्ने धुर्कोट गाउँपालिका पहिलो हो । कार्यक्रमका प्रमुख अतिथी पुर्व सांसद रुद्रमणी शर्मा भन्डारीले उक्त कार्यलाई पारदर्शीताका लागि जिल्लाकै नमुना भएको प्रतिकृया दिए ।

अर्का विशेष अतिथी कांग्रेसका युवा नेता छन्दबहादुर पहराईले उक्त कार्यलाई हुने विरुवाको चिल्लो पातको संज्ञा दिए । नेपाल शिक्षक संघका नेता प्रेमनारयण भण्डारीले गरिवका खरका झुपडीमा टिनको छाना लगाई दिने धुर्कोट गाउँपालिकाको पहिलो घोषणाले उ पहिला गरिवहरु प्रति बढि गम्भीर छ भन्ने संकेत सुरु मै दिई सकेको र आगमी दिनमा पनि कसरी गरिवलाई उकास्न सकिन्छ भन्ने मै दत्तचित्त रहन सुझाव दिए ।

उपप्रमुख शिवबहादुर खत्रीले ईच्छा शक्ति र जनप्रतिनिधीहरुमा एकमत भएरै सय दिनमा कल्पना गर्न नसकिएको काम गर्न सकिएको र आफुहरुले चुनावताका बोलेका कुराहरु पुरा गर्ने गरी योजना बनाईएको जानकारी दिए । धुर्कोटका प्रमुख र उपप्रमुख सहोदर दाजु भाई जस्तै मिलेर काम गरी रहेका छन् । नेता पहराईले यि दुई विच पिरती निकै झाँङ्गिएकोले नै काममा यो परिणाम निस्कीएको प्रतिकृया दिए ।


तस्वीरः धुर्कोट गाउँपालिकाको सय दिनको काम सार्वाजनिक गर्दै गाउँपालिका प्रमुख पोखरेल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा