१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या

१५ माघ २०७४, सोमबार ०४:०४

माघ १५, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । 

इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो ।” 

पुस १८ गते स्थापना भएको शाखाले कारोबार सञ्चालन गरेको भए पनि सेवा निकै ढिलो भएको सेवाग्राहीले गुनासो गरेका छन् । खाता सञ्चालन गर्नमै एक हप्ताभन्दा बढी लागेको पुर्चाैंडी–४ का सुरेन्द्र धानुकले बताउनुभयो । 

उहाँले भन्नुभयो, “इन्टरनेटको असुविधाका कारण समयमै सेवा पाउन सकेका छैनौँ ।” घर नजिकै बैंक आएकाले खुशी भएका नागरिक बैंकिंग सेवा प्रभावकारी नहुँदा निराश हुन थालेका छन् । 

नेपाल टेलिकमको दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको छ । नेपाल टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले उक्त समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । पुर्चौंडी क्षेत्रका साबिकका करिब एक दर्जन गाविसका नागरिकले उक्त बैंकबाट सेवा लिँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार