२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

६ नं. प्रदेशलाई डिजिटल बनाउन यस्तो गृहकार्य, व्यवस्थापनका लागि कार्यदल गठन

१० फाल्गुन २०७४, बिहीबार १६:०५

फागुन १०, सुर्खेत । सुरक्षालाई पहिलो आधार बनाएर तीन वटा कार्यदल गठन गरिएको हो। यही फागुन १९ गतदेखि काम गर्ने गरी तीन वटा कार्यदल गठन गरिएको हो।प्रदेशको सुरक्षालाई मजबुत बनाउन कार्यदलले काम गर्ने छ। ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहको संयोजकत्वमा ‘समृद्धिका लागि शान्ति सुरक्षा’ कार्यदल गठन गरिएको छ।समितिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप–सचिव भक्तबहादुर कार्की, सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने, ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार खिउजु र प्रहरी निरीक्षक जनकराज वम छन्।

यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उप–सचिव कार्कीको संयोजकत्वमा ‘डिजिटल प्रदेश निर्माण’ कार्यदल गठन गरिएको छ।कार्कीको संयोजकत्वमा गठन भएको कार्यदलमा ६ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरबहादुर वली, क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक रेखा गौतम, रेडियो नेपालका प्रमुख राम पुकार राम, नेपाल टेलिकमका प्रमुख नमराज खतिवडा र पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती छन्।

यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत तुलसा गैह्रेको संयोजकत्वमा चार सदस्यीय कानून मस्यौदासम्वन्धि कार्यदल गठन गरिएको छ। जसमा मन्त्रालयका लेखा अधिकृत प्रविन सारु, कम्प्यूटर अपरेटर रुद्रबहादुर भण्डारी, खरिदार दविलाल बुढा रहेका छन्।

कार्यदलहरुले प्रदेश समृद्धिका लागि शान्ति स्थापना, डिजिटल प्रदेश निर्माणको अध्ययन र आवश्यक कानून निर्माण तथा सुझाव संकलन गर्नेछ। गृहमन्त्रालयलाई कार्यक्षेत्र बनाएको मन्त्रालयले प्रदेशको समृद्धि र विकासका लागि आवश्यक सुरक्षा व्यवस्था सम्वन्धि आमनागरिकबाट सुझाव संकलन थालिएको छ।आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेशको विकासका लागि अपराध नियन्त्रण आवश्यक रहेकाले कार्यदल गठन गरि काम शुरु गरिएको बताए। उनले अबको केही महिनामा ६ नम्बर प्रदेशलाई शान्ति र सुरक्षाका हिसावले अब्‍बल प्रदेश बनाइने बताए।

कर्णाली राजमार्गमा सञ्चालन हुने सवारीहरुको समय तालिका २ घण्टा घटाएर राती १० देखी विहान ५ सम्म सञ्चालन हुन नपाउने भएका छन् । यसअघि राती ८ बजेदेखी विहान ५ बजेसम्म सञ्चालनमा प्रहरीले रोक लगाएको थियो ।प्रदेश ६ मा ११ प्रतिशत घटना सडक दुर्घटना र ५६ प्रतिशत घटना आत्महत्याका घटना हुने गरेका छन् । १० जिल्लाका प्रहरी ईकाईहरुलाई प्रदेश सदरमुकामबाटै २४ सैं घण्टा सिधा सम्पर्कमा राख्न प्रदेशभरी प्रहरी सञ्चार नेटवर्कलाई प्रभावकारी बनाउन लागिएको एआईजी रणबहादुर चन्दले बताए ।

मन्त्रालयले प्रदेशका ५४ गाउँपालिकामा प्रहरी निरीक्षक र २५ नगरपालिकामा डिएसपीको कमाण्डमा जनशक्ति खटाउन लागेको छ । यसका लागि प्रदेश प्रहरीमा हाल अपुग पाँचहजार ४ सय प्रहरी जनशक्ति थप गर्न लागेको एआइजी चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै