२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

गाैरिसङ्कर बोर्डिङकाे असल अभिभावकीय कला कार्यक्रम सम्पन्न

२०७४, ३० फाल्गुन बुधबार १६:४२

फागुन-३० अर्घाखाँची |  गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूल सन्धिखर्कमा आज एक दिने "असल अभिभावकीय कला" कार्यक्रम सम्पन्न भएको छ । "वालवालिकालाई सम्पत्ति होइन, संस्कार दिऔँ" भन्ने मुल नारा दिइएको कार्यक्रममा कसरी असल र सफल अभिभावक बन्न सकिन्छ, वालवालिकाको स्वास्थ्य, शिक्षा, मानसिक, शारीरिक, संवेगात्मक विकासमा कसरी लाग्न सकिन्छ, अभिभावकले निर्माण गर्ने पारिवारीक, वातावरणीय,सामाजिक र भौतिक वातावरणलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने लगायतका विषयमा नाटक सहित प्रस्तुति गरिएको थियो ।

विद्यालयका करिव पाँच सय अभिभावकको उपस्थिति रहेको  कार्यक्रममा मोटिभेसनल स्पिकर तथा ट्रेनर उपेन्द्र अधिकारीले अडियो र भिडियो मार्फत प्रस्तुति दिनुभएको थियो । 


कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको प्रमुख आतिथ्यता, जिल्ला शिक्षा अधिकारी लिल वहादुर राउत क्षेत्रीको विशिष्ट्र अतिथ्यता,  सन्धिखर्क नगर शिक्षा अधिकृत वलराम मिश्र, स्रोत व्यक्ति युवराज भुसाल, पत्रकार हिम वहादुर जि सी लेकालीको आतिथ्यता,   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेष वहादुर वि सीको अध्यक्षता, प्रिन्सिपल गणेश क्षेत्रीको स्वागत सहित विद्यालयको गतिविधि माथि प्रकास र शिव वेल्वासेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने