२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भीमदत्त नगरपालिकाका १० वडामा इन्टरनेट

२०७५, २८ असार बिहीबार ०९:०३

राजेन्द्र पनेरु/असार २८, कञ्चनपुर | भीमदत्त नगरपालिकालाई सूचना र प्रविधियुक्त नगरपालिका बनाउन दश वटा वडामा इन्टरनेट जडान गरिएको छ ।

नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन सेवा भएका भीनपाका–१९ मध्ये आधा भन्दा बढी वडामा इन्टरनेट सेवा जडान गरिएको हो । 

नगरपालिकाबाट प्रदान गरिने सबै सेवा सुविधालाई कागजविहीन बनाउने, वडा र नगरपालिका कार्यालयलाई इन्टेरनेटबाट जोड्ने र इ–गभर्नेन्सको अवधारणाअनुरुप काम कारबाही डिजिटल गर्ने उद्देश्यले सबै वडामा इन्टरनेट जडान गर्न थालिएको नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

“पेपरलेस र डिजिटललाइजेशन गर्ने लक्ष्यअनुसार वडामा ई सूचना प्रणालीसमेत जडान गर्ने कार्यलाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । यसअन्तर्गत भीनपा कार्यालयमा टिभी जडान गरिएको छ । 

चालु आर्थिक वर्षभित्र खुला मञ्चमा एलइडी टिभी राख्ने अर्को वर्ष गड्डाचौकी र भाँसीमा पनि विस्तार गर्ने योजना बनाइएको छ । 

एलइडी टिभीबाट नगरपालिकाबाट प्रदान हुने सेवा सुविधासम्बन्धी जानकारी गराइने तथा सूचना र विज्ञापन प्रशारणसमेत गरिने बताइएको छ । 

मोबाइल एप्स 

उक्त नगरपालिकाले सबै सेवा सुविधा मोबाइलमार्फत जानकारी पाउन सक्नेगरी मोबाइल एप्स तयार गरेको छ । गुनासा र सुझाव पनि दिन सकिने गरी सो एप्स तयार गरिएको हो । 

मोइबाल एप्समा नगरपालिका कार्यालयबाट प्रदान हुने सबै सेवा सुविधा, सूचना र जानकारी राखिएका छन् । यसको प्रयोगका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर अंग्रेजीमा भीमदत्त मुनिसिपालिटी डाउन गरी हेर्न सकिने व्यवस्था मिलाइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विनय कलौनीले बताउनुभयो । 

यसैगरी नगरपालिकाले क्लिन सिटी ग्रिन सिटी र टुरिज्मको मोबाइल एप्स बनाउने भएको छ । यसका लागि तयारी शुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

नगरपालिकामा ई–हाजिरी 

भीमदत्त नगरपालिकामा कर्मचारीलाई कार्यालय समयमा नियमित गराउन विद्युतीय हाजिरी (ई–हाजिरी) शुरु गरेकोे छ । 

कर्मचारीलाई निर्धारित समयमा कार्यालय आउन र जानका लागि उक्त नगरपालिकाको सातौँ बैठकले ई–हाजिरी शुरु गर्ने निर्णय गरेको थियो । 

नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तहको निर्वाचनमा नगरपालिकाका सबै सेवा सुविधालाई कागजविहीन बनाएर विद्युतीय प्रणालीमा लैजाने प्रतिबद्धताअनुसार कार्यालयबाट ई–हाजिरी शुरु गरिएको बताउनुभयो । 

रु नौ करोडको लागतमा खानेपानी आयोजना शुरु 

शुक्लाफाँटा नगरपालिका– ८ मा रु नौ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका लागि बोरिङ गर्न थालिएको छ । खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का एक हजार ७०० घरधुरी लाभान्वित हुने वडा नं ८ का वडा अध्यक्ष बहादुर महराले बताउनुभयो । 

“चुरे फेदीको बस्ती भएकाले गर्मीका बेला खोला सुक्ने गरेका छन्”, उहाँले भन्नुभयो, “नदी र खोलाको पानीसमेत सुक्छ । स्थानीय बासिन्दाले शुद्ध पानीका लागि निकै सास्ती खेप्नुपर्ने भएकाले आयोजना निर्माणको कार्य अगाडि बढाइएको हो ।” आयोजना निर्माणपछि सर्वसाधारणले सहजरुपमा शुद्ध पानी पाउने उहाँले बताउनुभयो । आयोजना निर्माणको कार्य अगाडि बढेपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा