२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको साकेला र दिप्रुङमा ईन्टरनेट जडान अन्तिम चरण

२०७५, ५ श्रावण शनिबार ०४:५७

चिसाङ शेर्पा | साउन ५, खोटाङ | खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ईन्टरनेट जडानको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकालाई सञ्चारसँग नजिक र दैनिक कामकाज गर्नमा सहजताका लागि गाउँपालिकाले ईन्टरनेट जडानको काम समापन विन्दुमा पुर्याएको हो ।

भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा बढीमा दुईदिनमा गाउँपालिकाको ७ वटै वडामा ईन्टरनेट सुचारु गर्ने लक्ष्य रहेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिए । गाउँपालिका भवनमा १ एमविपिएस र वडाहरुमा ५ सय १२ केविपिएस क्षमताको इन्टरनेट जडान गरिने उहाँको भनाई छ । 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको लागि उदयपुरको रौतादेबीमा भएको डिभाइसदेखी हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको रिपीटर टावरमा कनेक्सन गरी त्यहाँबाट सिधा याङसोलाटारमा रहेको टावरसँग कनेक्सन गराइएको भर्चुवल नेटवर्क प्रालिले जनाएको छ । शुक्रबारसम्म गाउँपालिका भवन र डाडाँगाउमा नेट जडान गरि सकिएको छ । आगामी आईतबारभित्र गाउँपालिकाको सबै वडामा ईन्टरनेट सुचारु गरिने आइटी अफिसर राईले बताए ।    

यता साकेला गाउँपालिकामा पनि ईन्टरनेट जडानको काम लगभग सकिएको छ । भर्चुवल नेटवर्क प्रालिले मानेभन्ज्याङ डाडाँमा टावर राखेर फाईभरको कामको अलवा अन्य प्राविधिक, भौतिक काम सम्पन्न गरेको साकेला गाउँपालिका प्रमुख अर्जुन कुमार खड्काले बताए । 

गाउँपालिकाको ८ लाख लगानीमा ईन्टरनेटको काम थालेको प्रालिले मानेभन्ज्याङदेखी खिदिमासम्म ६ किलोमिटर फाईबरको काम धमाधम गरीरहेको छ । खिदिमासम्म पु¥याउन बाँस तथा रुखको खम्बा प्रयोग गरी तार टाँग्ने काम भइरहेको भर्चुवल नेटवर्क प्रालि खोटाङका प्रतिनिधि कमल राईले जानकारी दिए । गाउँपालिका भवनमा १ एमविपिएस र वडा कार्यालयहरुमा २ सय ५६ देखी ५ सय १२ केविपिएसको ईन्टरनेट जडान गरिने जनाईएको छ । 

बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ, केपीलासगढी गाउँपालिकामा भर्चुवलले ईन्टरनेट जडान गरिसकेको छ । जडान सकिएका गाउँपालिका भवनमा १ एमविपिएस र वडा कार्यालयहरुमा भने माग अनुसारको ईन्टरनेट जडान गरिएको प्रालिले जनाएको छ । केपीलासगढीमा भने प्राविधिक समस्याका कारण नेट सञ्चालनमा समस्या भएको छ । त्यसलाई ५ दिनभित्रमा सुधार गर्ने प्रालिले बताएको छ ।

रावाबेंशी, ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका यसअघि नै ईन्टरनेटको पहुंचमा थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते