२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा विद्युत् र इन्टरनेट सेवा ठप्प हुँदा सेवाग्राहीलाई समस्या

६ श्रावण २०७५, आईतवार ०७:२०

साउन ६, ताप्लेजुङ | जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन् । शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन् । 

केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन । 

इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट ९एडिएसएल० सेवासमेत ठप्प छ । विद्युत् र इन्टरनेट दुई वटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन् । 

विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिकहरु खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको बताइएको छ । 

फोहोर पानी खान बाध्य सदरमुकामवासी 

यसैगरी खाने पानीको उचित व्यवस्थापन नहुँदा हरेक वर्ष वर्षात्को समयमा धमिलो पानी उपभोग गर्न बाध्य हुँदै आएका जिल्ला सदरमुकामवासी यो वर्ष पनि फोहर पानी खान बाध्य भएका छन् । 

वर्षौंदेखि उपभोग गर्दै आएको खानेपानीको मुहान व्यवस्थित र दिगो नभएकाले वर्षात्को समयमा धमिलो तथा फोहोर पानी आउने गरेको छ । हिउँदका महिनामा पनि फोहोर मिसिएको र वर्षात्का समयमा पनि भल मिसिएको पानी उपभोग गर्नु पर्दा समस्या भएको स्थानीयवासीहरूले बताए । 

यो वर्ष पनि जेठदेखि नै ठूलो वर्षा हुनासाथ धमिलो पानी आउने गरेको छ । नजिकै धारा तथा कुवा हुनेले त्यहाँको पानी बोकेर उपभोग गर्दै आए पनि अन्यले भने धमिलो पानीलाई उमालेर वा फिल्टर गरेर पिउने गरेका छन् । 

फोहोर पानी उमालेर वा फिल्टर गरेर पिउँदा पनि कहिलेकाहीँ स्वास्थ्यमा नै समस्या आउने गरेको स्थानीयवासीको भनाइ छ ।सदरमुकाम नजिकै पर्ने हाङ्देवास्थित देवीखोलाको पानी जम्मा गरेर सदरमुकाममा वितरण गरिँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली