२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिप्रुंङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट

२० श्रावण २०७५, आईतवार १७:११

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सातै वडामा ईन्टरनेट जडानको काम सकिएको छ । गाउँ कार्यपालिकाको कार्यालय र वडाहरुलाई सञ्चारसँग नजिक तथा दैनिक कामकाज गर्नमा सहजताका लागि सबै वडाहरुमा ईन्टरनेट जडानको काम सकिएको हो ।

भर्चुवल नेटवर्क प्रा.लि.सँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, सप्तेश्वर छितापोखरी, छितापोखरी र टेम्मामा ईन्टरनेट जडानको काम सकिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले जानकारी दिनुभयो । आइटी अफिसर राईका अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा १ एमविपिएस र वडाहरुमा ५ सय १२ केविपिएस क्षमताको इन्टरनेट जडान गरिएको छ ।

आफ्नो बेग्लै लिन्क बनाएर गाउँपालिकाको सबै वडामा ईन्टरनेट जडानका लागि गाउँपालिकाको १५ लाख लगानीमा उदयपुर रौतामा राखिएको एयर फाईबरबाट राजापानीको एयर फाइबरमा नेट कनेक्सन गरिएको छ । र, त्यहाँ भएको रकेटडिक्स डिभाईसबाट गाउँ कार्यपालिकाको कार्यालयमा भएको टावरको रकेटडिक्समा कनेक्सन भई ईन्टरनेट बिस्तार गरिएको हो ।

सातै वडामा ईन्टरनेट जडानको काम सकिएको र वयरलेस छोड्न मात्र बाँकी रहेको छ । छितापोखरीको हकमा भने कम गतीमा ईन्टरनेट चलेकाले फाइबरद्धारा विस्तार गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सबै ठाउँमा ईन्टरनेट जोडेपछि इमेल, ईन्टरनेटमा सहजता आएको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । यसअघि ईन्टरनेटको काम गर्न दिक्तेल जानुपर्ने बाध्यता थियो । उहाँले भन्नुभयो, “अब त्यो समस्या टरेको छ । यसले समयको बचत हुन्छ । दैनिक कामकाजमा टेवा पुग्छ ।”

आठ गाउँपालिका दुइ नगरपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिका विकासमा सबैभन्दा अगाडी रहेको छ । गाउँपालिकाले एकैवर्षमा सदरमुकाम दिक्तेल आईपुग्ने सबैभन्दा छोटो दुरीको सडक सुचारु, गाउँ कार्यपालिकाको भूकम्प प्रतिरोधात्मक स्टिल ट्रस भवन निर्माण, पाँच वडामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटबल खेलमैदान, उन्नत बाख्रा पालनका लागि बोयर जातको बोका वितरण, गाउँपालिकामा सानिमा बैंक र शिशु पोषण प्रर्बद्धन कार्यक्रम अन्तरगत गर्भवती महिलाले चार पटक गर्भ जाँच, मासिक स्वास्थ्य जाँच, बच्चालाई नियमित खोप र बच्चाको जन्मदर्ता हुने आमालाई मासिक हजार रुपैयाँ दिंदै आएको छ ।

यसैगरी, आगामी दिनमा सातै वडाको मुख्य–मुख्य बजार र बाक्लो बस्तीमा फ्रि वाइफाइको व्यवस्था गरिने गाउँ कार्यपालिकाले योजना बनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा