२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा

२३ श्रावण २०७५, बुधबार ०५:४३

साउन २३, खोटाङ | दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा इन्टरनेट सेवा जडान गरिएको छ । 

गाउँ कार्यपालिकाको कार्यालय र वडालाई सञ्चारसँग नजिक तथा दैनिक कामकाजमा सहजता दिलाउन सात वडा रहेको गाउँपालिकाको सबै वडामा इन्टरनेट जडान गरिएको हो । 

भर्चुवल नेटवर्क प्रालिसँगको साझेदारीमा गाउँपालिकाको याम्खा, डाँडागाउँ, छोरम्बु, बतासे, स–छितापोखरी, छितापोखरी र टेम्मामा इन्टरनेट जडान गाउँपालिकाका आइटी अधिकृत मणिचन्द्र राईले जानकारी दिनुभयो । अधिकृत राईका अनुसार गाउँ कार्यपालिकाको कार्यालयमा एक एमबिपिएस र वडा कार्यालयमा ५१२ केबिपिएस क्षमताको इन्टरनेट जडान गरिएको हो । 

गाउँपालिकाको रु १५ लाख लगानीमा आफ्नो बेग्लै लिंक बनाएर इन्टरनेट जडान गरिएको जनाइएको छ । गाउँपालिकाको कार्यालयसँगै सबै वडामा इन्टरनेट जोडेपछि इमेल, इन्टरनेटमा सहजता आएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो । 

दुई नगरपालिकासहित आठ गाउँपालिका रहेको खोटाङमा दिप्रुङ चुइचुम्मा गाउँपालिका विकासमा सबैभन्दा अगाडि रहेको छ । गाउँपालिकाले एकै वर्षमा दिक्तेल आइपुग्ने सबैभन्दा छोटो दूरीको सडक सञ्चालन, गाउँपालिकाको भूकम्प प्रतिरोधात्मक स्टिल ट्रस भवन निर्माण, पाँच वडामा खेलमैदान निर्माण गरेको छ । 

गाउँपालिकामा सानिमा बैंक र शिशु पोषण प्रवद्र्धन कार्यक्रमअन्तर्गत गर्भवतीले चार पटक गर्भ जाँच, मासिक स्वास्थ्य जाँच, बच्चालाई नियमित खोप र बच्चाको जन्मदर्ता हुने आमालाई मासिक रु एक हजार प्रोत्साहन भत्ता दिँदै आएको छ । आगामी दिनमा सातै वडाको मुख्य बजार क्षेत्र र बाक्लो बस्ती रहेको ठाउँमा फ्रि–वाइफाइको व्यवस्था गरिने गाउँ कार्यपालिकाले योजना बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा