२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

केपीलासगढी गाउँपालिका: भरपर्दो ईन्टरनेट सुविधा दिन चेतावनी

८ भाद्र २०७५, शुक्रबार ०३:३६

चिसाङ शेर्पा | भदौ ८, खोटाङ | भरपर्दो ईन्टरनेट जडान नभएको भन्दै केपीलासगढी गाउँपालिकाले ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई चेतावनी दिएको छ । गाउँपालिकामा भर्चुवल नेटवर्क प्रालिले जडान गरेको ईन्टरनेट  स्पीड गतीमा नचलेपछि ईन्टरनेट कम्पनीलाई चेतावनी दिएका हुन् ।

गएको बैशाख ३० गते गाउँपालिकासँग सहकार्यगरी साढे चार लाखमा जडान गरेको ईन्टरनेट कम्पनीले भने अनुसार नचलेपछि तत्काल सुधार गराउन निर्देशन दिइएको केपीलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । शिघ्र रुपमा ईन्टरनेटमा सुधार नआए कम्पनी बिरुद्ध मुद्दा चलाइने गाउँपालिका प्रमुखले बताए । 

कम्पनीले गाउँ कार्यपालिकाको कार्यालयमा एक एमविपिएस ईन्टरनेट सुविधा दिने भनेपनि हाल ५० केविपिएसदेखी एकसय केविपिएसमात्र ईन्टरनेट संञ्चालनमा छ । त्यही नेटपनि सेवाग्राही बढी हुंदा चल्दै नचल्ने गरेको केपीलासगढी गाउँपालिकाका आईटी अफिसर संगम खतिवडाले जानकारी दिए । ईन्टरनेट नचल्दा ईमेल र ईन्टरनेटका सम्पुर्ण काममा बाधा पुगेको छ । खाशगरी ईमेल गर्न र डाउनलोड गर्नमा समस्या भएको आईटी अफिसर खतिवडाले जनाएका छन् । 

बाक्सिलामा ईन्टरनेट सञ्चालन गर्नका लागि नुनथलाको महुरेडाडाँ र जालपाको माथिल्लो डाडाँ मसानेमा रिपिटर टावर राखेपनि लिंकमा अत्याधिक समस्या भएकाले ईन्टरनेट चलाउन सकस भएको भर्चुवल नेटवर्क प्रालि खोटाङका प्रतिनिधि कमल राईले बताए । आगामी ९ दिनमा अर्खौलेको बिजुले र बाक्सिलामा पुनः रिपिटर टावर राखेर भरपर्दो ईन्टरनेट सुविधा दिने राइले जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा