2026-10-17 07:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्कुलका विधार्थीलाई लक्षित गरि म्याक्स कनेक्टले ल्यायो ‘स्मार्टर’ मोबाइल एप, एपबाट नै पढ्न पाइने

असार १३, काठमाडौं । स्कुल लेवलका विधार्थीहरुलाई लक्षित गरि अध्ययन गर्न सहयोग पुग्ने ‘स्मार्टर’ मोबाइल एप सार्वजनिक भएको छ। म्याक्स कनेक्ट प्रा. लिले संचालनमा ल्याएको मोबाइल एपको एक कार्यक्रमका विच महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले शुभारम्भ गरे । 

कक्षा ४ देखि ९ सम्मका विधार्थीहरुलाई लक्षित गरि स्मार्टर एप ल्याइएको म्याक्स कनेक्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ)जीत रागबले जानकारी दिए।  एप मार्फत अनलाइन तथा अफ लाइन मार्फत घरैमा बसेर पनि अडियो/भिजुएलका साथ अध्ययन गर्न सकिने उनले बताए । प्रविधिको अधिकतम उपयोग मार्फत पेपरलेस तर्फ जाने सोच अनुरुप एप ल्याएका हौँ,  सीईओ रागबले भने ‘कोर्स अनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामाग्री राखिएको छ, जसलाई  मल्टिपल प्रयोगकर्ताले पनि सहज तरिकाले उपयोग गर्न सक्नेछन् ।’ प्रति विधार्थी वार्षिक ५ हजार शुल्क तिरेर एपको सेवा लिन सकिने उनले बताए । म्याक्स कनेक्टका देशभरिका डिलरहरु मार्फत हरेक स्कुलसम्म पुग्ने योजना रहेको कम्पनीले जनाएको छ। 

एपको शुभारम्भ गर्दै महजोडीले आफ्नो पालामा प्रविधिको उपयोग गर्न नपाएको स्मरण गर्दै हाल प्रविधियुक्त स्मार्टर मोबाइल एप संचालनमा आएकोले विधार्थीहरुलाई अध्ययनमा सहयोग पुग्ने विश्वास लिए।  

कनेक्ट टिमले यस अघि ‘म्याक्स कनेक्ट इआरपी’ मोबाइल एप मार्फत नेपाल र भारतका ४ सय स्कुल र २ लाख ५७ हजार विधार्थीलाई आवद्ध गराई सेवा दिइरहेको छ। जसले विधार्थी, शिक्षक, स्कुल र अभिभावकलाई एकै एप मार्फत सेवा प्रदान गरेको म्याक्स कनेक्टले जनाएको छ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु