असार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार "/>
2026-06-13
अछाम - ACM

​सगुनमा विश्वभबाट लगानी गर्ने अवसर खुल्ला हुंदै

असार १३, अमेरिका । सामाजिक सञ्जालले विश्वलाई औलाको टुप्पोमा सिमित गरिरहेको यो विश्व परिवेशमा नेपाल र नेपालीलाई युग अनुसारको पहिचान प्रदान गर्ने अभियानमा जुटेको सगुन (क्बनययलअयm) लगानीको माध्यमबाट विश्वव्यापीकरण हुंदैछ ।

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले सञ्चालन गर्दै आइरहेको सामाजिक सञ्जाल सगूनले क्राउड फण्डिङ अन्तर्गत पहिलो चरणमा ‘प्राइभेट फण्डिङ्’ मार्फत यहि जुन २९ तारिख देखि लगानीको अवसर खुल्ला गर्न लागेको कुरा संस्थापक गोविन्द गिरीले बताए ।

गिरीका अनुसार अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार अमेरिका वा क्यानडामा स्थापना भएका शुरुवाती अवस्थाका (स्टार्ट अप) कम्पनी¬हरुले ‘प्राइभेट फण्डिङ तथा मिनी आइपीआ’ मार्फत विश्व भरिबाट लगानी संकलन गर्न सक्नेछन् । सोहि नियम भित्र रहि सगुनले पहिलो चरणमा ‘प्राइभेट फण्डिङ्’ र दोश्रो चरणमा ‘मिनी आइपीओ’ मार्फत लगानीको अवसर विश्वभरी खुल्ला गर्न लागेको हो ।

लगानीकर्ताको आफ्नो देश र अमेरिकी सरकारको नियम भित्र रहि इच्छुक लगानीकर्ताहरुले सगुनमा घटिमा पाँच हजार डलर देखि लगानी गर्न सक्नेछन् । गिरीका अनुसार प्राइभेट फण्डिङगको लागि ३.७५ डलर प्रति शेयर मूल्यको ४८०,००० कित्ता शेयर निस्कासन गरिने र न्यूनतम लक्ष्य अनुरुपको रकम उठ्ने वित्तिकै यसलाई बन्द गरेर मिनी आइपीओ मार्फत स्वामित्व वितरण गर्ने योजना रहेको छ ।

यसको बारेमा थप जानकारी सगून डट कमको वेभ साइटमा उपलब्ध हुने कुरा गिरीले जानकारी गराए गिरीले । स्वामित्वमा व्यापकीकरण गर्ने निर्णय हुनु अगाडि हालै सगूनको कम्पनीको मूल्य बढेर एक करोड पचास लाख डलर बराबर रहेको कुरा डेलावेयर कर्पोरेशनले प्रमाणित गरेको छ ।

गिरीले उपलब्ध गराएको जानकारी अनुसार संस्थापक लगानीकर्ताहरुको प्रति शेयर मूल्य अहिले ३.७५ डलर हुन आएको छ । अर्थात स्थापनाको बेलामा दश हजार डलर लगानी गर्ने लगानीकर्ताको शेयरको मूल्य अहिले पचहत्तर हजार डलर पुगेको छ ।
‘ नेपाल र नेपालीको नयाँ पहिचान स्थापना गर्ने अभियानको नाम हो सगुन । त्यसैले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई पनि सगूनको शुरुवाती अवस्थामा थोरै लगानी गरेर धेरै फाइदा लिने अवसर प्रदान गर्नेछौँ । प्राइभेट फण्डिङ्ग मार्फत लगानी गर्न नसक्नेहरुको लागि एशिया महादेशबाटै पहिलो पटक नेपालीको सगून मिनी आइपीओमा जाँदैछ र त्यस मार्फत हरेक नेपालीले लगानी गर्न सक्ने अवस्था सिर्जना गर्नेछौँ ।’ सगून अभियानका सह अभियान्ता कविन्द्र सिटौलाले बताए ।

के भन्छन् सगुनका लगानीकर्ताहरु ?

हालै भएको सगूनको कम्पनी मूल्य बढोत्तरी, प्राइभेट फण्डिङ्ग र मिनी आइपीओ मार्फत जहाँ रहेका नेपालीहरुले पनि लगानी गर्न पाउने अवस्थाको सिर्जना हुन सकेकोले सगूनका संस्थापक लगानीकर्ताहरु हर्षित भएका छन् ।

अमेरिकाको राजधानी वासिङ्गटन डिसिमा अवस्थित विश्व वैंकमा अर्थशास्त्रीकोरुपमा कार्यरत प्रेम संग्रौला भन्छन् –‘ शुरुमा मैले भावनात्मकरुपमा लगानी गरेको थिंए । हाल आएर यसको प्रोडक्टहरु र पाइपलाइनमा भएका अन्य आकर्षक प्रोडक्टको कारणले नै यसको मूल्य बढ्न गएको हो । सगुन जस्ता स्टार्ट अप कम्पनीहरु मिनी आइपीओमा नआइपुग्दै बन्द भएका धेरै छन् । तर यसले त्यो बाटो पार गरिसक्यो । नेपाली लगायत विश्व भरिबाट लगानी गर्न र सहयोग गर्न सक्ने अवस्था भएकोले पनि सगूनले नेपालीहरुको पहिचान सामाजिक सञ्जालबाट पनि राख्न सक्ने कुरामा विश्वस्त भएको छु ।’

त्यसैगरि अमेरिकाको परिचित सुपर लयर मध्ये एक खगेन्द्र क्षेत्री पनि आफू सगूनको विजिनेश प्लान र यसको भविष्यको योजनाको कारण अनि नेपालीले शुरु गरेको व्यवशायिक अभियान देखेरे आकर्षित भएको बताउछन् । यस्ता शुरुवाती कम्पनीहरुमा थोरै लगानी गरेर धेरै मुनाफा लिन सकिने भएकोले प्राइभेट फण्डिङ्ग तथा मिनी आइपीओ मार्फत लगानी गर्ने अवसर लिन उनी आह्वान गर्छन् ।

अमेरिकाको क्यापिटल बैंकमा ग्लोबल ट्याक्स मेनेजरको रुपमा कार्यरत सीपीए लक्ष्मण प्रधान भने सगून मार्फत नेपाली र नेपालीको आर्थिक हैसियत माथि उठ्न सक्ने कुरामा निकै आशावादी देखिन्छन् । प्रधान भन्छन् ‘नेपाल र नेपालीको उद्यमशीलताको परिचय विश्व वजारमा गराउन सकिने, नेपाल र विश्वमा नै रोजगारीको अवसर बढाउन सकिने, नेपाल सरकारले समेत ठूलो मात्रामा आयकर मार्फत रकम देशमा भित्र्याउन सक्ने देख्छन् सगून मार्फत । साथै यस्तो स्टार्ट अप कम्पनीमा लगानीको अवसर पाउनेहरुले आफ्नो लगानीको १३० प्रतिशत सम्म मुनाफा लिन सक्छन् । तर जोखिम पनि त्यतिकै हुन्छ । तर हालसम्मको स्थिति हेर्दा सगूनले नेपाली नाम र लगानी कर्तालाइ राम्रो दाम पनि दिन सक्ने कुरामा म विस्वस्त भएको छु र सबै नेपालीहरुलाइ आफूले सक्ने लगानी गर्ने यो अवसर नगुमाउन अनुरोध पनि गर्दछु ।’

अमेरिकामा आइटी प्रोजेक्ट म्यानेजरकोरुपमा कार्यरत उमेश शर्मा न्यौपाने आइटी क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा पहिलो पटक यस्तो स्टार्ट अप कम्पनी त्यसमा पनि नेपालीले शुरु गरेको कम्पनीमा लगानी गर्ने अवसर पाएकोले खुशि भएको बताउछन् । ‘यस्तो अवसर ठूला भेन्चर क्यापिटल इन्भेस्टमेन्ट बैक वा फर्महरुको पञ्जामा मात्र सिमित हुने गथ्र्यो जुन आज सगून मार्फत विश्वका हरेक कुनामा बसेका नेपालीहरुले पनि पाउने भएका छन् ।

सबै स्टार्ट अप कम्पनीहरुले शुरुमा नै अन्य सामाजिक सञ्जालका ठूला कम्पनीले जस्तो नाफा दिन त सक्दैनन् । तर सगूनको बढ्दो प्रयोग कर्ता र यसको भिजनबाट अमेरिकाका फण्ड संकलन गर्न सहयोग गर्ने कम्पनीहरु समेत आकर्षण भएका छन् । यसले गर्दा लगानी गर्न इच्छा राखेका सबैले सानोरुपमा भने पनि सगूनमा लगानी गर्दा राम्रो फाइदा हुने देखिन्छ अझ आइटी क्षेत्रमा लाग्नेहरुको लागि सगून थप अवसर पनि हुनसक्छ । उमेश बताउछन् ।

‘म व्यवशायि हुँ र लगानी गर्दा व्यवशायको कन्सेप्ट, टीम अनि जोखिम र फाइद हेर्छु । यी सबैकुरामा म सन्तुष्ट भएर लगानी गरेँ ।’ अमेरिकाको वासिगंटन क्षेत्रका विभिन्न व्यवशायमा लगानी गर्दै आएका सफल व्यवशायी राजिब मैनाली बताउँछन् । उनि थप्छन् –‘ हामी नेपालीहरुले पैसा भए पनि यस्ता कम्पनीमा लगानी गर्ने अवसर नै पउँदैनौ । कम्पनीको नाम सुन्ने बेलासम्म हामीले लगानी गर्न नसक्ने मूल्यका भइसकेका हुन्छन् । हाल सगूनको पनि मूल्य बढेको छ र बढ्दो छ । तर नेपालीहरुलाइ यो अवसर दिनु पर्छ भनेर थोरै लगानी गर्नेलाइ पनि अवसर दिंदैछ । सगूनमा लगानी गर्नु भनेको यस्तो पहिलो अवसर नगुमाउनु र नेपालीले शुरु गरेको इतिहास रच्ने अभियानमा सहभागि हुनु हो ।’

एनआरएन–आइसिसिमा विगत देखि वर्तमानसम्म विभिन्न पदमा रहि काम गर्दै आइरहेका तथा अमेरिकामा नेपाली भाषाको टेलिभिजन शुरुवातकर्ता राम खरेलको विचारमा सगुन र एनआरएन दुवैका ध्येय मिल्दा छन् । दुबैले नेपालीको परिचलाइ उँचो बनाउन काम गरेका छन् । विश्वभर छरिएर रहेका नेपालीहरुले मात्र साथ दिएको खण्डमा पनि सगुनले सामाजिक सञ्जालको विश्व बजारमा नयाँ अध्यायको शुरु गर्न सक्नेछ जसले ‘नेपालीका लागि नेपाली’ भन्ने एनआरएनको मूल मन्त्रलाई सार्थक बनाउन सहयोग गर्नेछ । त्यसैले विश्वभर छरिएर रहेका सबै एनआरएन र स्वदेशमा बसोबास गर्ने नेपालीहरुले सगुनमा साथ र हात दिन अनुरोध गर्दछन् खरेल ।

अमेरिकी सैनिकका ‘आर्मी रिभ्यू वोर्ड’ का प्रमुख कर्णेल आर्ची डेभिस लगायत युएस आर्मीका आइटी क्षेत्रमा कार्यरत अमेरिकी सैनिकहरुले समेत सगूनमा लगानी गरेका छन् । त्यसैगरि एनआरएनका पदाधिकारीहरु, अमेरिकी सरकारमा उच्च तहमा कार्यरत कर्मचारीहरु, बैंकिगं क्षेत्र, रियल स्टेट, अन्तराष्ट्यि लगानीकर्ताहरुको समेत लगानीमा संलग्नता रहेको छ सगूनमा ।

सबै नेपालीहरुलाइ आफ्नो क्षमता अनुसार‘नेपालीको सगून’मा सहभागी भइ आर्थिक तथा सामाजिकरुपमा सबै नेपालीको हैसियत उँचो बनाउन आह्वान गर्छन सगूनका अभियान्ता द्धय गोविन्द गिरी तथा कविन्द्र सिटौला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले